चिकित्सा शिक्षा ऐन संशोधनको मागलाई १८ वटा संस्थाकाे ऐक्यबद्धता

-


     हिडन खबर    
     भाद्र १८ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी

चिकित्सा शिक्षा ऐन विभेदकारी भएको भन्दै चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले राजधानी केन्द्रीत आन्दोलन ४ सातादेखि जारी राखेका छन् ।

सरकारले ल्याएको नीति का कारण नेपाली जनताका छाेराछाेरीले सर्वसुलभ रूपमा स्वास्थ शिक्षा बाट बन्चित भएको भन्दै गरेको आन्दोलन प्रति विभिन्न संघसंस्था पेशागत संगठनहरूले ऐक्यबद्धता जनाउने क्रम जारी रहेको छ ।

अहिलेसम्म आन्दोलनमा मेडिकल एण्ड डेण्टल  कलेज एशाेसियसन नेपाल ,स्वास्थ बिज्ञान शिक्षालय संघ (एशिया ),फाेरम फर हेल्थ एण्ड टेक्निकल साईन्स ,निजी प्राविधिक शिक्षालय महासंघ,अर्गनाइजेसन अफ पाेखरा युनिभर्सिटी एजुकेसन ईस्टिच्युटसन नेपाल ,साेसाइटी अफ त्रिभुवन युनिभर्सिटी एफिलियटेड हेल्थ इन्प्टिच्युसनस् नेपाल,एशाेशियसन अफ प्राइभेट हेल्थ ईच्टिच्युट नेपाल ,नेपाल उद्योग बाणिज्य महासंघ ,प्राइभेट एण्ड बाेर्डिङ स्कुल अर्गनाइजेसन नेपाल ,नेपाल डेन्टल साईन्स हाइजेनिष्ट एशाेसिएसन ,अभिभावक संघ ,नेपाल अप्थाल्मिक एसिप्टेन्ट साेसाइटी ,हेल्थ असिस्टेन्ट एशाेसियसन नेपाल ,नेपाल प्राइभेट एण्ड बाेर्डिङ स्कुलस एशाेसियसन नेपाल ,मधेसी स्वास्थ्यकर्मी फाेरम,स्वास्थ सेवा ब्यबस्था संघ ,नेपाल रेडियोलाेजिकल साेसाइटी ,एकीकृत स्वास्थ्यकर्मी संगठन ,नेपाल स्वास्थ प्राविधिक संघले अहिलेसम्म आन्दोलनमा ऐक्यबद्धता जनाएको चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।

नेपाली बिद्यार्थीहरूले सहजरूपमा देशमा नर्सिङ शिक्षा पढ्न नपाएको कारण छिमेकी मुलुकमा जानुपरेकोछ  सरकारले नेपाली शिक्षण संस्थालाई पढाउने अनुमति नदिएको १०० वेदको हस्पिटल बनाउने झंझट लगाएर राेक्ने काम गरेको ऐक्यबद्धता जनाउँदै आएका संघ संस्थाले जनाएको छ ।

देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना देखि पढाइ संचालन गर्न बाट बन्चित भएको हुदा आन्दोलन माग पुरा नभएसम्म जारी रहने
चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले जनाएको छ ।