-


     हिडन खबर    
     भाद्र २२ गते २०८० मा प्रकाशित


चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन

राजेशचन्द्र राजभण्डारी

 सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन
विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दै
चिकित्सा शिक्षा सराेकार संर्घष समितिले २८  दिनदेखि आन्दोलन जारी राखेका छन् ।

देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २८ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले गरेको आन्दोलन लाई नेकपा माआ‌ेवादीले ऐक्यबद्धता जनाउँदै अहिले यसले उठाइरहेको मुद्दामा सहमत भएको माआ‌ेवादी स्वास्थ विभागका प्रमुख कल्पना धमलाले बताए ।

२८ आ‌ै दिनको आन्दोलनमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरि लाई सरकारले निरन्तरता नदिनु अहिले माइतीघर मण्डलामा ४ सातादेखि भइरहेको आन्दोलनकाे उपलब्धि भएको चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।

आयोगका उपाध्यक्ष डाक्टर गिरिले गर्दा मेडिकल शिक्षा नर्सिङ शिक्षाका कलेज बन्द भएको भन्दै उनको बिरूद्व नाराबाजी हुदै आएको थियो ।सरकारले चिकित्सा शिक्षा आयोगकाे उपाध्यक्षमा डाक्टर अन्जनी कुमार झा लाई नियुक्ति गरेको छ ।

आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।अहिलेसम्म २० वटा विभिन्न राजनीतिक पार्टी र  संघसंस्थाले ऐक्यबद्धता जनाइसकेका छन् ।
माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टी स्वास्थ्यकर्मी संघसंस्थाले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने धारणा राखेका राख्दै आएका छन् ।

देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना देखि पढाइ संचालन गर्न बाट बन्चित भएको हुदा आन्दोलन माग पुरा नभएसम्म जारी रहने चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले जनाएको छ ।

धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।