
राजेशचन्द्र राजभण्डारी
सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन
विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दै
चिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३० दिनदेखि आन्दोलन जारी राखेका छन् ।अहिले सराेकार संघर्ष समितिले गरेकाे आन्दोलन घर घरको सबैको सराेकार भएको जनाएको छ ।
देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ३० दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी राखेका छन् ।आन्दोलनकाे ३० आैं दिन संघर्ष समितिले भक्तपुरमा रहेको चिकित्सा शिक्षा आयोग र सिटिइभिटि कार्यालय अगाडि गएर धर्ना दिएका छन् ।
३० आै दिनदेखि आन्दोलन जारी रहेको चिकित्सा शिक्षा ऐन विभेदकारी भएको हुदा यसलाई तत्काल संशोधन गरेरनेपाली जनताका छाेराछाेरीले सहजरूपमा नेपाल मै सर्वसुलभ रूपमा पढ्ने वातावरण सृजना गर्नुपर्ने
अहिले चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले उठाएको बिषय अहिले हरेक घर घरको बिषय भएको अहिले त्यो राज्यको समेत सराेकारकाे बिषय बनिसकेको हुदा छिटोभन्दा छिटो समस्याको हल गर्न जरुरी रहेको चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।
आफुहरू चिकित्सा शिक्षाको गेट ताेडफाेड गर्नका लागि नआएको चिकित्सा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी अब तिम्रो दिन गए पिएसाे लाई बन्दुक बाेकाएर ४ बर्ष शासन गरेको ।एउटा आँखाले पुरै चिकित्सा शिक्षा देख्न नसक्ने फाेरम फर हेल्थ टेक्निकलका पुर्व अध्यक्ष राजन खत्रीले बताए ।
हिजोको दिनमा प्राविधिक शिक्षालय सिटिइभिटि कानमा तेल हालेर बसेकाे आफुहरूकाे आन्दोलनका कारण अहिले सिटिइभिटि बाट पिसिएल नर्सिङ पास गरेको छ उसलाइ प्रविणता प्रमाणपत्र तहको मान्यता पाएको चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका सदस्यले बताए ।
आफ्नो माग पूरा गराउन संघर्ष समितिले दबाब मुलुक कार्यक्रम सृजना गर्दै आएका छन् ।माइतीघर मण्डलामा धर्ना दिदै आएका सराेकारवालाले आन्दोलनको ३० दिन पुगेको अवसरमा थप दबाब सृजना गर्न भक्तपुरमा रहेको चिकित्सा शिक्षा आयोग र सिटिइभिटि कार्यालय अगाडि नाराबाजी गरेर धर्ना बसेका थिए ।
आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।अहिलेसम्म २० वटा विभिन्न राजनीतिक पार्टी र संघसंस्थाले ऐक्यबद्धता जनाइसकेका छन् ।
माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टी स्वास्थ्यकर्मी संघसंस्थाले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने धारणा राखेका राख्दै आएका छन् ।काठमाडौ नर्सिङ क्यामसका बिद्यार्थीहरूले समसामयिक बिषयमा सडक नाटक समेत प्रदर्शन गरेका थिए ।
देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना देखि पढाइ संचालन गर्न बाट बन्चित भएको हुदा आन्दोलन माग पुरा नभएसम्म जारी रहने चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले जनाएको छ ।
धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।

















