राजेशचन्द्र राजभण्डारी
सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन
विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दै
चिकित्सा शिक्षा सराेकार संर्घष समितिले २३ दिनदेखि आन्दोलन जारी राखेका छन् ।२३ आै दिनमा सरकारकाे ध्यानाकर्षण गराउन सिठ्ठि फुकेर बिराेध जनाएका थिए ।
देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २३ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ /नेपाल स्वास्थ सेवा ब्यवस्थापक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अहिले भइरहेको समस्या तत्काल हटाएर नेपाली बिद्यार्थीले नेपालमा पढ्ने वातावरण सृजना गर्न माग गरेको छ ।नेपाल स्वास्थ प्राविधिक संघ, एकीकृत स्वास्थ्यकर्मि संगठनकाे ऐक्यबद्धता जनाएका छन् ।
सरकारले ल्याएकाे चिकित्सा शिक्षा नितिका कारण नेपाली बिद्यार्थीले नर्सिङ शिक्षा पढ्न नपाएको नेपाली नर्सिङ पढेका बिद्यार्थीकाे बिदेशमा माग भएको हुदा यसतर्फ ध्यान दिनुपर्ने एकीकृत स्वास्थ्यकर्मी संगठनले जनाएको छ ।
चिकित्सा शिक्षाको सुरक्षाको लागि ब्यक्ति ताेकेर गरिने
निर्णयहरू आफुहरूलाई मान्य नहुने चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।
आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टी स्वास्थ्यकर्मी संघसंस्थाले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।
नेपाली बिद्यार्थीहरूले सहजरूपमा देशमा नर्सिङ शिक्षा पढ्न नपाएको कारण छिमेकी मुलुकमा जानुपरेकोछ सरकारले नेपाली शिक्षण संस्थालाई पढाउने अनुमति नदिएको १०० वेदको हस्पिटल बनाउने झंझट लगाएर राेक्ने काम गरेको ऐक्यबद्धता जनाउँदै आएका संघ संस्थाले जनाएको छ ।
देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना देखि पढाइ संचालन गर्न बाट बन्चित भएको हुदा आन्दोलन माग पुरा नभएसम्म जारी रहने
चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले जनाएको छ ।
अहिले एमइसिकाे कारणले गर्दा बिद्यार्थी नर्सिङ शिक्षा पढ्न बाट बन्चित भएको हुदा आन्दोलन गर्नुपर्ने बाध्यता आएको हुदा सरकारले छिटोभन्दा छिटो समस्या समाधान गरेर देशभित्र मेडिकल शिक्षा पढ्ने वातावरण बनाउन बिद्यार्थीले अनुरोध गरेका छन् ।










