राजेशचन्द्र राजभण्डारी
सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन
विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दै
चिकित्सा शिक्षा सराेकार संर्घष समितिले २५ दिनदेखि आन्दोलन जारी राखेका छन् ।
देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २५ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ
देशमा भएका चिकित्सा शिक्षा बन्द गरेर बिदेशी चिकित्सा शिक्षा लाई पाेस्ने गरि नीति नियम बनाउदा गाेविन्द केसीले कमिसन बुझछन् कि भन्ने आशंका आफुहरूलाइ लागेको चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।
डाक्टर गाेविन्द केसीको अनशनकाे बलमा चिकित्सा शिक्षा ऐन नियमावली बन्यो ४ बर्षसम्म चिकित्सा शिक्षा आयोगले काम गरेको हेरेको देशकाे २२८ वटा स्वास्थ शिक्षा बन्द हुने छिमेकी मुलुक भारतमा १५७ वटा कलेज खाेल्नुकाे पछी ठूलो साँठगाँठ भएको संयाेजक सापकोटाले आराेप लगाए ।
सरकारले माग नसुनेकाे भन्दै आन्दोलनरत संघर्ष समितिले रित्तो थाल ठटाउँदै ,उल्टाे शंख र सिठ्ठी फुकेर बिराेध गर्दै विभिन्न नारा लगाउदै माइतीघर मण्डलादेखि निषेधित क्षेत्र नयाँ बानेश्वरसम्म पुगेका थिए । आन्दोलनरत संघर्ष समितिले शिक्षा मन्त्रीको राजीनामा ,गाेविन्द केसी बिरूद्व नाराबाजी गरेका थिए ।बानेश्वर सम्म पुगेर पुन नाराबाजी गर्दै माइतीघर मण्डलामा पुगेर कार्यक्रम गरेका थिए।
आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टी स्वास्थ्यकर्मी संघसंस्थाले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने धारणा राखेका राख्दै आएका छन् ।
देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना देखि पढाइ संचालन गर्न बाट बन्चित भएको हुदा आन्दोलन माग पुरा नभएसम्म जारी रहने चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले जनाएको छ ।
धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।
















