स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्ने : प्रधानमन्त्रीकाे भनाइ

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन,… पुरा पढौ

दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौ / झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुगेको भए बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएका हुन्। सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आदेशको प्रति भने आइसकेको छैन। ‘दुर्गा प्रसाईंको मागबमोजिम रिट जारी भएको हो,’ उनले भने। प्रसाईंले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धनबारे चिकित्सा शिक्षा आयोगविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। प्रसाईंले २०७७ असार र असोजमा सर्वोच्चमा रिट दिएका थिए । नेपालमा केही मेडिकल माफियाको कारण नेपालमा सहजरूपमा मेडिकल शिक्षा संचालन… पुरा पढौ

चिकित्शा शिक्षा आयोगकाे अव्यवाहारिक कारणले बन्द भएका शिक्षण संस्था संचालन हुदै

काठमाडौं / चिकित्शा शिक्षा आयोगका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा वसेको बैठकको निर्णय अनुसार विगतमा चिकित्शा शिक्षा आयोगको अव्यवाहारिक आन्तरिक कार्यविधिका कारणले वन्द रहेका शिक्षण संस्थाहरु २०८१ देखि संचालन हुने भएका छन् । प्राविधिक एस.एल.सि. तहका कार्यक्रमहरुको स्तर उन्नति को प्रकृया यस अघि नै सम्पन्न भैसकेको छ यसरि, चिकित्शा शिक्षा सरोकार संघर्ष समितिले विगतको संघर्ष मार्फत सडक, सरकार तथा सदनमा एकैसाथ उठाएका मागहरु क्रमस सम्वोधन भैरहेकाेचिकित्शा शिक्षा सरोकार संघर्ष समिति नेपालका संयोजक निर्मल सापकोटाले बताउनुभयो । आगामि शैक्षिक… पुरा पढौ

शैक्षिक ‘कार्यतालिका’ प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको बताउनुभयो । नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिनुभयो । “वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहानीय कार्य हो,” प्रधानमन्त्री… पुरा पढौ

गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री

काठमाडौँ, ९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पार्नुभयो । “गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “दक्ष जनशक्ति… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रम राष्ट्रिय गौरवको अभियान : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिँदै स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताउनुभयो । “सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,”… पुरा पढौ

भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

फागुन १८, भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनुभएको छ। शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। पुरा पढौ

सप्ताह व्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरू

बागलुङ / देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य छ । २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने भएको छ । तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका… पुरा पढौ

स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय

बागलुङ/ गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालय बागलुङलाई नमुना कार्यालय घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको छैठाैं स्थापना दिवसको अवसरमा पोखरामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय घोषणा भएको हो । प्रदेश सरकार अन्तरगतका कार्यालयहरु मध्येबाट हरेक बर्ष प्रदेश सरकारले कुनै एक कार्यालयलाई नमुना कार्यालय घोषणा गर्ने गरेको छ । कार्यालयलाई प्रदेश सरकारले पुरस्कृत गर्ने छ । गण्डकी प्रदेश सरकारका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी, गुणस्तरीय, पारदर्शी र विश्वसनीय बनाउनका लागि सरकारले कार्याबिधि बनाएर नमुना कार्यालय घोषणा गर्दै आएको थियो… पुरा पढौ

रेडक्रस बागलुङ र क्यानेडियन रेडक्रसद्वारा स्वास्थ कार्यक्रम

बागलुङ / नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेदियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) को नियमित सम्पन्न भएको छ । बागलुङ जिल्लाकाे काठेखोला गॅाउपालिका वडा नं ०१ छापा स्वास्थ्य समुदाय र वडा नं ७ रेश दोस्वार स्वास्थ्य आमा समुहमा पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, निमोनिया र आयोडिनको परिचय र फाईदाका बारेमा सचेतना कार्यक्रम गरेर जनचेतना जगाउने काम गरेको क्यानेडियन रेडक्रसका प्राेजेक्ट मेनेजर गाेकर्ण श्रेष्ठले बताए । पुरा पढौ