
बागलुङ / बागलुङमा आकस्मिक स्वास्थ सम्बन्ध जनचेतनामूलक कार्यक्रम बागलुङ सदरमुकामकाे धाैलागिरि बहुमुखी क्याम्पस प्राङ्गणमा सम्पन्न भएको ।
नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाकाे आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विपद ब्यवस्थापन गुल्मकाे प्राविधिक सहयोग ,धाैलागिरि बहुमुखी क्याम्पस र
गण्डकी प्रदेश स्वास्थ्य कार्यालयकाे समन्वयमा भएको कार्यक्रममा अहिले बर्षाकाे माैसममा गाउँ घरमा आउने खानेपानी कसरी दुसीत हुन्छ त्यसलाई कसरी शुद्व पिउने बनाउने भन्ने जानकारी गराउने काम भएको थियो ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले अहिले रेडक्रस लगायतका सराेकारवाला संस्थाले सार्वजनिक रूपमा सबैलाई जानकारी हुने गरेकाे तालिम सकारात्मक भएकाे भन्दै धन्यवाद दिएका थिए ।
गण्डकी प्रदेश प्रहरी विपदका टाेलीले बागलुङका सदरमुकाममा रहेका बिद्यार्थीहरू क्याम्पसका प्राध्यापक बिद्यालयका शिक्षक लगायतका कार्यक्रममा उपस्थित सबैलाई प्रत्येक्ष रूपमा डेमाे टेसन गरेर सरल रूपमा शिक्षा दिने काम गरेको बागलुङ रेडक्रस साेसाइटीका काेषाध्यक्ष
जीवन नाथ शर्माले बताए ।
नेपाल रेडक्रस साेसाइटी बागलुङ अन्तर्गतको परियोजना अन्तर्गत जिल्लाको ताराखाेला गाउँ पालिका ,काठेखाेला गाउँ पालिकामा समुदायमा आधारित स्वास्थ्य सेवामा आधारित इमर्जेन्सी हेल्थ कार्यक्रम गर्दै आएको नेपाल रेडक्रस अन्तर्गत क्यानेडियन रेडक्रसका कार्यक्रम प्रमुख गाेकर्ण श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटीले अहिले तत्काल आउन सक्ने विपद देखि घरमा प्रयोग गर्ने ग्यास बिस्फोट हुदा कसरी सतर्क रहने भन्ने बारेमा गण्डकी प्रदेश प्रहरी बिपद ब्यवस्थापन गुल्मले जनाएको छ ।
बागलुङ सदरमुकाममा आयाेजीत कार्यक्रममा घर घरमा ग्यास लगायत आगलागी हुदा कसरी सुरक्षित रहने यसमा कसरी सजग रहने भन्ने बारेमा गण्डकी प्रदेश विपद प्रहरीका तालिम प्राप्त प्रहरीहरूले सबैले बुझ्न गरेर डेमाे सेसन गरेको थियो ।
नेपाल रेडक्रस साेसाइटीले जिल्लामा मनसुनजन्य बिपद प्राथमिक स्वास्थ शिक्षा लगायतका तालिम संचालन गर्दै आएको छ ।
नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति सीता शर्माले रेडक्रसका मन्त्री भवानी कडेलकाे संचालनमा सम्पन्न भएको थियो ।

















