
काठमाडौं / ”आफू र समाजका लागि (Yoga for self and society)” भन्ने आदर्श वाक्यका साथ यस वर्ष विश्व योग दिवस विश्वभर मनाइँदै छ।
याेग दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
दिवसको अवसरमा शुभकामना प्रकाशित गरि नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी पनि हो। प्राचीनकालमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिहरूले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवर्द्धन गरेका थिए।
उनीहरूले प्रदान गरेको योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि उर्जा प्रदायक छ।
त्यसैले, वर्तमान परिवेशमा योगाभ्यास र शिक्षा सम्बन्धी उचित नीतिहरूको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापीकरणमा हामीले ध्यान दिनुपर्दछ भन्नुभएको छ ।
यसबाट नेपालमा योग पर्यटनको प्रवर्द्धन गर्न सकिन्छ। साथै, नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन गई स्वस्थ नैतिकवान र जिम्मेवार नागरिक विकासमा योगको महत्वपूर्ण भूमिका रहन्छ प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुभएको छ ।
योग, साधनाजस्ता पक्षलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी यसलाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दुष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न योग दिवस सफल रहोस् भन्ने समेत शुभकामना व्यक्त गर्दछु भनेर भन्नुभएको छ ।













