
बागलुङ /रगतको अभाव बाट काेही पनि बिरामीको अकालमा मृत्यु हुन नपराेस भन्ने उदेश्य रक्तदान कार्यक्रम गरेर रगत संकलन हुने गरेपछि बागलुङमा रगतको अभाव छैन ।
आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयाे । रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस बागलुङ सदरमुकाममा रक्तदान कार्यक्रम गरि मनाइएकाे छ ।
लियो क्लब अफ बागलुङ कालीगण्डकी काे आयोजना लियो क्लब अफ धाैलागिरि बागलुङ ,बागलुङ जेसिज लियो क्लव अफ बागलुङ ,लियो क्लब अफ पर्वत कुश्मा सिटि काे सहकार्यमा नेपाल रेडक्रस साेसाइटी रक्त संचार केन्द्रकाे
सहकार्यमा भएको कार्यक्रममा ५४ जनाले रक्तदान गरेकाे बागलुङ जेसिजका अध्यक्ष गणेश महताेले बताए ।
रक्तदान जीवन दान भन्ने नारा साथ भइरहेको रक्तदान कार्यक्रमले बागलुङको धाैलागिरि अस्पतालमा उपचार गर्न आउने बिरामीकाे संख्या धेरै भएपनि अहिले त्यस्तो खालको समस्या नभएको नेपाल रेडक्रस साेसाइटीका काेषाध्यक्ष जीवन नाथ शर्माले बताए ।
बागलुङ सदरमुकाममा रहेको रक्तसञ्चार केन्द्र मार्फत बर्षमा १२ सय प्वाइन्ट रक्तदान हुने गरेकोमा ६ सय जति जिल्लामा खपत हुने बाकी रगत क्षेत्रीय रक्तसञ्चार केन्द्र पाेखरा पठाउने गरेकाे बागलुङमा रगतको अभाव नभएको
रक्तसञ्चार केन्द्र बागलुङले जनाएको छ ।रक्तदान गर्नेहरूलाइ क्लबले प्रमाणपत्र र मायाको चिनाे प्रदान गरिएकाे थियोे ।
बागलुङको धाैलागिरि अस्पतालमा डाईलासेसका बिरामी
प्रसुतीका लागि आउने गर्भवती र अप्रेसन लगायत उपचारको लागि आउने बिरामीलाई रगतकाे अभाव नहुदा उपचार सहज हुदै आइरहेको छ ।
मानिस जीवित रहनकालागि रगत नभइ नहुने तरल पदार्थका हो। सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारीरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाइ छ। सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरु बताउछन्।
मानव रगत समूह ब्लड ग्रुप पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो।














