
बागलुङ / स्वास्थ्य कार्यलय बागलुङको आयोजनामा बागलुङमा एकदिने पेल्भिक अङ्ग प्रोल्याप्स (POP) सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।
बागलुङमा सम्पन्न भएकाे पहिलो ब्याचमा बरेङ,निसि,तमान, ताराखोला, बडिगाड र ढोरपाटन नगरपालिका अन्तरगतका प्रसुति इकाइका ३२ जना नर्सिङ स्वास्थ्यकर्मिको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. बिजय ओझा, अननि. पार्वति अर्याल, पब्लिक हेल्थ नर्सिङ निररिक्षक सीमा कुवरले सहजिकरण गर्नु भएको थियो ।
स्वास्थ्य कार्यलय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटा तथा कार्यलय प्रमुख, जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो।


