
बागलुङ । बागलुङमा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जनचेतनामूलक कार्यक्रमसहित ७ दिनसम्म मनाइने भएको छ । हरेक वर्ष २६ जुनमा विविध कार्यक्रम सहित लागूऔषध दुरुपयोग ओसारपसार बिरूद्व अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
विविध जनचेतनामूलक नारा र कार्यक्रमका साथ असार ६ देखि १२ गतेसम्म दिवस मनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यक्रम अन्तर्गत लागू पदार्थ दुर्व्यसनी बिबरूद्व लडौं रोकथाममा जोड दिऔं भन्ने नारासाथ जनचेतनामूलक नाराहरू तय गरिएका छन् । पहिलो दिन लागू औषध नियन्त्रण सम्बन्धमा सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम गरि सप्ताह ब्यापी कार्यक्रमको शुरूवात गरिएको छ ।
सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत बागलुङका बिद्यालय कलेजमा लागू औषध नियन्त्रण बिषयमा सचेतना मुलक कार्यक्रम जिल्ला प्रहरी कार्यालयले संयोजन गरेर संचालन गर्ने भएको छ ।
बागलुङ जिल्लाका सिमाहरूमा लागूपदार्थ दुरुपयोग भएको छकि छैन भनेर चेकजाँच गर्ने, देखि स्थानीय पत्रपत्रिका रेडियो बाट समेत लागूपदार्थ दुरुपयोग बाट समाजमा हुने हानि नोकसानी बारे सचेतना मुलक कार्यक्रम संचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लागूपदार्थ दुरुपयोग बिरूद्व दिवस मनाउने सिलसिलामा उपचार तथा पुर्नस्थापन केन्द्रहरूमा अनुशिक्षण अनुगमन तथा परामर्श कार्यक्रम तय गरेको छ । कारागारमा रहेका कैदी बन्दीहरूलाई लागूपदार्थ बिरूद्व सचेतना मुलक कार्यक्रम संचालन गर्नुका साथै स्वास्थ जाँच समेत गर्ने कार्यक्रम तय गरेको छ ।
यसपटक यो दिवस सफल बनाउन धौलागिरि अस्पताल बागलुङ ,जिल्ला प्रहरी कार्यालय बागलुङ , बागलुङ नगरपालिका कार्यालय ,नेपाल पत्रकार महासंघ, सामुदायिक सेवा केन्द्र रामरेखा ,सामुदायिक सेवा केन्द्र गुठी ,नेपाल औषधी ब्यवसायी संघ बागलुङ र सुरक्षा निकाय लगायत सरोकारवाला निकायले जिम्मेवारी लिएका छन् ।














