स्वास्थ्य

खोप ढुवानीकर्तालाई सुरक्षित खोप व्यवस्थापनसम्बन्धी तालिम

बागलुङ । राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा खोप ढुवानीकर्ताका लागि एकदिने तालिम सम्पन्न भएको छ। सोमबार प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको सभाहलमा आयोजित तालिममा खोप तथा खोपजन्य सामग्रीको सुरक्षित ढुवानी, फिर्ता तथा उचित व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो। खोप ढुवानीकर्ताको सीप तथा क्षमता अभिवृद्धि गर्ने, खोप खेर जाने दर न्यूनीकरण गर्ने, खोप सेवाका क्रममा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा प्रवाहका क्रममा हुन सक्ने संक्रमण नियन्त्रण गर्ने उद्देश्यले तालिम आयोजना… पुरा पढौ

किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण सम्पन्न

बागलुङ। किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य (ASRH) सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम बागलुङमा सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा कात्तिक १५ र १६ गते सञ्चालन भएको दोस्रो ब्याचको अभिमुखीकरण कार्यक्रममा विभिन्न स्थानीय तहका २० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनुशा शर्मा र समिता घिमिरेले सहजीकरण गर्नुभएको थियो। अभिमुखीकरणका क्रममा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यको महत्व, वर्तमान अवस्था र प्रमुख समस्या, परिवार नियोजन, यौनजन्य संक्रमण, एचआईभी/एड्स, सुरक्षित मातृत्व, बालविवाह, लैङ्गिक हिंसा तथा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाका… पुरा पढौ

प्रदेश अस्पताल कुश्मामा वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ

कुश्मा, पर्वत । प्रदेश अस्पताल कुश्माले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। अस्पतालको सेवा प्रवाह, उपलब्धि, समस्या तथा आगामी कार्ययोजनाबारे सरोकारवालासँग छलफल गरी सार्वजनिक जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा अस्पतालले वर्षभरि गरेका काम, स्वास्थ्य सेवाको अवस्था, उपलब्ध स्रोतसाधन, सेवा प्रवाहका चुनौती तथा सुधार गर्नुपर्ने विषयमा समीक्षा गरिएको थियो। स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको विषय भएकाले अस्पतालबाट प्रदान हुने उपचारको गुणस्तर,… पुरा पढौ

बागलुङमा क्षयरोग कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा

बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा क्षयरोग कार्यक्रमको कोहोर्ट विश्लेषण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। असोज २९ र ३० गते सञ्चालन भएको कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ मा हालसम्म पहिचान भएका क्षयरोगका बिरामीको अवस्थाबारे समीक्षा तथा विश्लेषण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले बिरामीको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए। साथै, जिल्लाभरको समग्र अवस्थाको समीक्षा गर्दै आगामी दिनमा क्षयरोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आवश्यक योजना तयार गरिएको थियो। कार्यक्रममा क्षयरोगको रोकथाम तथा उपचारका क्रममा देखिएका समस्या, चुनौती र… पुरा पढौ

बागलुङमा HMIS तथा eHMIS/DHIS2 सम्बन्धी तालिम सम्पन्न

बागलुङ, असोज ३० । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले स्वास्थ्य सूचना प्रणालीसम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) तथा eHMIS/DHIS2 सम्बन्धी तालिममा बागलुङका १० वटै स्थानीय तहका २२ जना कर्मचारीसहित प्रदेश जनस्वास्थ्य कार्यालयका कर्मचारी सहभागी थिए। नयाँ नियुक्ति भएका, यसअघि तालिम लिन छुटेका तथा स्वास्थ्य सूचना प्रणालीको डिजिटलाइजेसनमा संलग्न कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ। कार्यक्रममा कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक प्रविण शर्माले स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्कको अभिलेखीकरण, विश्लेषण र प्रतिवेदनका लागि… पुरा पढौ

काठमाडौंमा १६० जनाको निःशुल्क आँखा जाँच

काठमाडौं, असोज २५ । लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले पूर्णदृष्टि तथा आँखा उपचार केन्द्रसँगको सहकार्यमा १६० जनाको निःशुल्क आँखा जाँच गरेको छ। ‘दृष्टि बचाऔँ, उज्यालो भविष्य बनाऔँ’ भन्ने नारासहित लायन्स इन्टरनेसनलको आह्वानमा ज्ञानकुञ्ज सेकेन्डरी स्कुलमा आयोजित शिविरमा विद्यार्थी तथा शिक्षकशिक्षिका गरी १६० जनाको आँखा परीक्षण गरिएको हो। क्लबका सचिव लायन पुष्पाञ्जली वाग्लेको संयोजकत्वमा सम्पन्न शिविरमा डिस्ट्रिक्ट सचिव लायन गणेश जिसी, लायन महाप्रसाद पाण्डे, लायन मिनराज काफ्ले, क्लबका संस्थापक अध्यक्ष लायन राजनप्रसाद काप्री, लायन इन्द्र भट्ट, लायन किरण थापा… पुरा पढौ

विपद् प्रभावितदेखि पत्रकारसम्म मानसिक स्वास्थ्यको सन्देश फैलाउँदै तीनदिने अभियान सम्पन्न

बागलुङ असाेज २४ विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा खुसी मन बागलुङको आयोजना र नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सञ्चालित तीनदिने मनोसामाजिक सचेतना अभियान सम्पन्न भएको छ। वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने नारासहित असोज २२ देखि २४ गतेसम्म सञ्चालित अभियानमा विपद् प्रभावित विद्यार्थी तथा शिक्षक, क्याम्पसका विद्यार्थी, युवा र सञ्चारकर्मीलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो। अभियानको पहिलो दिन पर्वतको जलजला गाउँपालिका–१, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित विद्यार्थी र शिक्षकका… पुरा पढौ

विपद् प्रभावित क्षेत्रमा मनोसामाजिक सचेतना अभियान

पर्वत, २२ असोज । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा पर्वतको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी मनोसामाजिक सुस्वास्थ्य तथा प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ खुसी मन बागलुङको आयोजना तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सुरु भएको तीनदिने अभियानअन्तर्गत पहिलो दिन बाढी तथा विपद् प्रभावित क्षेत्रका शिक्षक र विद्यार्थीलाई छुट्टाछुट्टै सत्रमा प्रशिक्षण दिइएको हो। बाढी तथा प्राकृतिक विपत्तिका कारण… पुरा पढौ

बर्थिङ सेन्टरका नर्सिङ कर्मचारीलाई मातृ तथा नवशिशु स्वास्थ्यसम्बन्धी क्षमता अभिवृद्धि तालिम

मातृ तथा नवशिशु स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि कार्ययोजना समेत तयार बागलुङ, असोज २२ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। असोज २१ र २२ गते सञ्चालन गरिएको कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २५ जना नर्सिङ कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा मातृ तथा नवशिशु स्वास्थ्यको वर्तमान अवस्था, चुनौती तथा सेवा सुधारका उपायबारे अभिमुखीकरण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। तालिममा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC), Indirect Maternal Health… पुरा पढौ

नारायणस्थानमा खानेपानीको गुणस्तर परीक्षण, सुरक्षित पानीबारे समुदायलाई अभिमुखीकरण

बागलुङ, असोज २२ । बागलुङ नगरपालिका–१४, नारायणस्थानमा खानेपानीको गुणस्तर परीक्षण तथा समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। खानेपानी आयोजनाको नमुना २०८३ असोज १९ गते संकलन गरिएको थियो भने असोज २० गते खानेपानीको गुणस्तर परीक्षण गरिएको थियो। असोज २१ गते समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। अभिमुखीकरण कार्यक्रममा पानीजन्य रोग, सुरक्षित पानीको प्रयोग तथा पानी शुद्धीकरणका लागि क्लोरिनेसन विधिका विषयमा जानकारी गराइएको थियो। कार्यक्रमको अध्यक्षता बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्रबहादुर खड्काले गर्नुभएको थियो भने सञ्चालन नारायणस्थान स्वास्थ्य चौकीका वरिष्ठ जनस्वास्थ्य… पुरा पढौ