स्वास्थ्य

स्वास्थ्य कार्यालय बागलुङको चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक र ७२ प्रतिशत आर्थिक प्रगति

बागलुङ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा भौतिक प्रगति ९२ प्रतिशत र आर्थिक रुपमा ७२ प्रतिशत प्रगति गरेको जनाएको छ । आइतबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा कार्यालय प्रमुख बाबुराम आचार्यले भौतिक रुपमा ९२ प्रतिशत र आर्थिक रुपमा ७२ प्रतिशत प्रगति भएको जानकारी दिनु भयो । आर्थिक वर्ष २०८० र ८१ मा सम्पादन गरेको कार्यहरू सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै आचार्यले क्षयरोग विरुद्द सचेतना कार्यक्रम र परीक्षण शिविर सम्पन्न भएको थियो । साथै १४ वर्षसम्मका ३७ हजार ६ सय ४६… पुरा पढौ

बागलुङ पूर्ण खाेप सुनिश्चित तथा दिगोपन जिल्ला घाेषणा

बागलुङ /गण्डकी प्रदेशको बागलुङलाई जन्मेदेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।  खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बागलुङमा आयोजीत एक समारोहका बीच बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबै १० वटा स्थानीय तहका ८५ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५… पुरा पढौ

प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण, बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

भरतपुर, १४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहाल एवं सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले अस्पतालमा कार्यरत स्वास्थकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँबाट प्रवाह हुँदै आएको सेवाबारे जानकारी लिनुभयो । सामान्य र विशेषमा गरी यस अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ । पुरा पढौ

बागलुङमा आकस्मिक स्वास्थ जनचेतना

बागलुङ / बागलुङमा आकस्मिक स्वास्थ सम्बन्ध जनचेतनामूलक कार्यक्रम बागलुङ सदरमुकामकाे धाैलागिरि बहुमुखी क्याम्पस प्राङ्गणमा सम्पन्न भएको । नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाकाे आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विपद ब्यवस्थापन गुल्मकाे प्राविधिक सहयोग ,धाैलागिरि बहुमुखी क्याम्पस रगण्डकी प्रदेश स्वास्थ्य कार्यालयकाे समन्वयमा भएको कार्यक्रममा अहिले बर्षाकाे माैसममा गाउँ घरमा आउने खानेपानी कसरी दुसीत हुन्छ त्यसलाई कसरी शुद्व पिउने बनाउने भन्ने जानकारी गराउने काम भएको थियो । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले अहिले रेडक्रस लगायतका सराेकारवाला संस्थाले सार्वजनिक रूपमा सबैलाई जानकारी… पुरा पढौ

नेपाल आ‌ैषधि ब्यवसायी संघ गण्डकी प्रदेशको अधिवेशन सम्पन्न

कास्की / नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट केसरी प्रसाद तिवारीकाे अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्ष : दयानिधि पौडेल उपाध्यक्ष (थोक) ,लक्ष्मी नारायण पराजुली उपाध्यक्ष(खुद्रा) ,धनु देबी पिया ,महासचिव ,संजिव देवकोटा ,कोषाध्यक्ष , सुरेन्द्र कुमार अग्रवालल सचिव: संगम बाबु श्रेष्ठ, उप कोषाध्यक्ष,यज्ञ प्रसाद शर्मा , सदस्य (थोक) मिलन श्रेष्ठ ,सदस्य(थोक) दुर्गा प्रसाद अधिकारीसदस्य (खुद्रा) कमला भण्डारी ,सदस्य(खुद्रा) चन्द्र राज रेग्मी,सदस्य(महिला) : उर्मिला बस्नेत रानाभाट सदस्य नरहरी पनेरु,दिर्घ नारायण मरासीनि ,राम बहादुर बल्कोटीर गणेशमान… पुरा पढौ

बागलुङमा पेल्भिक अङ्ग प्राेल्याप्स सम्बन्धि अभिमुखिकरण

बागलुङ / स्वास्थ्य कार्यलय बागलुङको आयोजनामा बागलुङमा एकदिने पेल्भिक अङ्ग प्रोल्याप्स (POP) सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । बागलुङमा सम्पन्न भएकाे पहिलो ब्याचमा   बरेङ,निसि,तमान, ताराखोला, बडिगाड र ढोरपाटन  नगरपालिका अन्तरगतका प्रसुति इकाइका ३२ जना नर्सिङ स्वास्थ्यकर्मिको सहभागिता रहेको थियो । कार्यक्रममा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. बिजय ओझा, अननि. पार्वति अर्याल, पब्लिक हेल्थ नर्सिङ निररिक्षक  सीमा कुवरले सहजिकरण गर्नु भएको थियो । स्वास्थ्य कार्यलय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटा तथा कार्यलय प्रमुख, जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले कार्यक्रमका बारेमा जानकारी… पुरा पढौ

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि

काठमाडौँ, ७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक… पुरा पढौ

याेग दिवसमा प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं / ''आफू र समाजका लागि (Yoga for self and society)'' भन्ने आदर्श वाक्यका साथ यस वर्ष विश्व योग दिवस विश्‍वभर मनाइँदै छ। याेग दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । दिवसको अवसरमा शुभकामना प्रकाशित गरि नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी पनि हो। प्राचीनकालमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिहरूले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको… पुरा पढौ

बागलुङमा सप्ताह ब्यापी रूपमा लागूऔषध दुरुपयोग ओसारपसार बिरूद्व अन्तर्राष्ट्रिय दिवस मनाइदै

बागलुङ । बागलुङमा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जनचेतनामूलक कार्यक्रमसहित ७ दिनसम्म मनाइने भएको छ । हरेक वर्ष २६ जुनमा विविध कार्यक्रम सहित लागूऔषध दुरुपयोग ओसारपसार बिरूद्व अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । विविध जनचेतनामूलक नारा र कार्यक्रमका साथ असार ६ देखि १२ गतेसम्म दिवस मनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत लागू पदार्थ दुर्व्यसनी बिबरूद्व लडौं रोकथाममा जोड दिऔं भन्ने नारासाथ जनचेतनामूलक नाराहरू तय गरिएका छन् । पहिलो दिन लागू औषध नियन्त्रण सम्बन्धमा सरोकारवाला निकाय संग… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ५ मा स्वास्थ शिविर

बागलुङ /नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाद्धारा बागलुङ नगरपालिका ५ मालिकामा सोमबार एक बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविरमा मालिका माध्यमिक बिद्यालय र श्रीकृष्ण आधारभूत बिधालयमा कक्षा ६ देखी १२ सम्म अध्ययनरत १५० जना बिधार्थीहरुको रक्त समुह परिक्षण गरिएको थियो । शिविरमा १५२ जना जेष्ठ नागरिकहरुको मधुमेह परिक्षण तथा ३४१ जना व्यक्तिहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँच गर्दा ६ जना जेष्ठ नागरिकहरुमा मोतिया बिन्दु देखिएको आयोजकले जनाएको छ । ९ जना जेष्ठ नागरिकहरुलाई थप उपचारको लागि… पुरा पढौ