
बागलुङ /नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ कोसेलीका रूपमा ‘शितल त जुनकै हो…’ बोलको गीत सार्वजनिक भएको छ। पुष्कल भट्टराईको प्रस्तुति रहेको उक्त गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतमा जगत गौडेल र सुशिला गौतमको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत पनि जगत गौडेलकै रहेका छन् भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ खड्का बजुरालीले गरेका हुन्।
गीतको म्युजिक भिडियोमा शक्ति कुमार गोदार र सरस्वती खत्रीको आकर्षक अभिनय रहेको छ। भिडियोको कथा, कोरियोग्राफी तथा निर्देशन प्रविण थापाले गरेका छन्। सरोज ठाकुरीको छायांकन रहेको भिडियोको सम्पादन तथा रङ संयोजन हिमालयन ग्यालरीले गरेको छ।
मधुर शब्द, आकर्षक संगीत र उत्कृष्ट दृश्य प्रस्तुतिका कारण गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। प्रेम र भावनाले भरिएको यस गीतले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।
‘शितल त जुनकै हो…’ गीत हाल विभिन्न डिजिटल संगीत प्लेटफर्म तथा युट्युबमार्फत हेर्न र सुन्न सकिन्छ।









