बागलुङ पूर्ण खाेप सुनिश्चित तथा दिगोपन जिल्ला घाेषणा

-


     हिडन खबर    
     असार २० गते २०८१ मा प्रकाशित


बागलुङ /गण्डकी प्रदेशको बागलुङलाई जन्मेदेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बागलुङमा आयोजीत एक समारोहका बीच बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबै १० वटा स्थानीय तहका ८५ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका ४ हजार १  सय ९० जना बालबालिका र छुट्टै १६ महिना देखि ५ वर्ष मुनिका सबै १३ हजर ५६ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको हो । योसँगै बागलुङ गण्डकी प्रदेशकै पाचौं पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको छ ।

बागलुङलाई ०७१ चैत १५ गते नेपालकै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा देखि वर्षेनि पूर्णखोप सुनिश्चिता र दिगोपाना जिल्ला घोषणा हुँदै आएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार चालु आवमा बागलुङको बागलुङ नगरपालिकाका जन्मे देखि १५ महिनासम्मकाे ७४८ जना १६ महिनादेखि ५ बर्ष मुनिका २४६३ जना बालबालिकालाई ,गलकाेट नगरपालिका जन्म देखि १५ महिनासम्मका ५१६ जना बालबालिका १६ महिनादेखि ५ बर्ष मुनिका १६८३ जना बालबालिकालाई   जैमुनी नगरपालिकाका जन्मे देखि १५ महिनाका बालबालिका ३३५ जना र १६ महिनादेखि ५ बर्ष मुनिका 
१११९ जना बालबालिकालाई ढाेरपाटन नगरपालिकाका जन्मे देखि १५ महिनासम्मका ७३२ जना बालबालिका १६ महिनादेखि ५ बर्ष मुनिका २१३० जना बालबालिकालाई
पुर्ण खाेप लगाइएको छ ।यस्तै काँठेखाेला गाउँ पालिकाका
जन्मदेखि १५ महिनासम्मका ३३२ जना बालबालिका १५ महिनादेखि ५ बर्ष मुनिका ७३६ जना बालबालिकालाई
तमानखाेला गाउँपालिका ,जन्मदेखि १५ महिनासम्मका १६४ जना बालबालिका १५ महिनादेखि ५ बर्ष मुनिका  ६२६ जना बालबालिकालाई निसी खाेला गाउँपालिका ,५३९ जना बालबालिकालाई १५ महिनादेखि ५ बर्ष मुनिका १५१९ जना बालबालिकालाई ,बरेङ गाउँपालिकाका जन्मदेखि १५ महिनासम्मका १४४जना बालबालिका र १५ महिनादेखि ५ बर्ष मुनिका ५४६ जना बालबालिका
ताराखाेला गाउँपालिकाका जन्मदेखि १५ महिनासम्मका १६१ जना बालबालिका र १५ महिनादेखि ५ बर्ष मुनिका   ५०० जना बालबालिका र बडिगाड गाउँपालिकाकाका जन्मदेखि १५ महिनासम्मका ५१९ जना बालबालिका र १५ महिनादेखि ५ बर्ष मुनिका १७३४ जना बालबालिकाले पूर्ण खाेप प्राप्त गरेका छन् ।

१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।

नेपालको संविधानको धारा ३५ र स्थानीमय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।

स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका/नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अर्न्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।

अहिलेसम्म गण्डकी प्रदेशको स्याङ्जा ,पर्वत  म्याग्दी ,गाेर्खा तनहुँ , जिल्ला पूर्ण खाेप सुनिश्चिता भएको जिल्ला घाेषणा भइसकेको छ ।