महिला उद्यमी विकास समितिकाे अध्यक्षमा पिंगला जिसी

-


     हिड्न खबरदाता     
     असार ७ गते २०८३ मा प्रकाशित


बागलुङ, असार ७— बागलुङ उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी विकास समितिको २२औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

अधिवेशनले पिंगला जिसीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ। यसअघि समितिको नेतृत्व अर्चना कुमारी पालिखेले गरेकी थिइन्।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा जुनु श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विष्णु कुमारी शर्मा, महासचिवमा रम्भा देवी शाक्य, सचिवमा शोभा शर्मा, कोषाध्यक्षमा सरिता पौडेल, सह–सचिवमा मेनुका शाक्य तथा सह–कोषाध्यक्षमा यमुना रेग्मी निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा मीला राजभण्डारी, लक्ष्मी घर्ती श्रेष्ठ, सुनयना राजभण्डारी, नारायणदेवी राजभण्डारी, गीता देवी शर्मा, साधना राजभण्डारी, सिता देवी दाहाल, इन्दु वझा, विमला कुमारी मल्ल, धन कुमारी सुनार र गीता खड्का चयन भएका छन्।

आमन्त्रित सदस्यहरूमा गणदेवी श्रेष्ठ, जाल्पा देवी शर्मा र विना जिसी रहेका छन् भने सल्लाहकारहरूमा मनमाया श्रेष्ठ, संम्भना शर्मा कँडेल, उषा पौडेल, निर्मला श्रेष्ठ, रेणु के.सी. हमाल, लक्ष्मी पौडेल खत्री पन्त र सिता राजभण्डारी रहेका छन्।

नवनिर्वाचित अध्यक्ष पिंगला जिसीले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, उद्यमशीलताको विकास तथा आर्थिक सशक्तीकरणका लागि समितिले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

अधिवेशनले महिला उद्यमशीलताको प्रवर्द्धन, व्यवसाय विस्तार तथा नेतृत्व विकासमा केन्द्रित रहने निर्णयसमेत गरेको छ।