काठमाडौ /स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका सङ्घीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेकाे छ ।
स्वास्थ तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलेले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबिर पुन संग लिखित सहमति गरेर स्वास्थ उपकरण मर्मतकाे जिम्मेवारी दिएको हाे ।
स्वदेशी स्रोत र सीपको प्रयोग गरी स्वदेशमै केही सम्भावनाको खोजी गरिरहनुभएका समाजसेवी महावीर पुनको पवित्र उद्देश्य पूरा गर्न सुम्पिएको अभिभारा पूरा गर्न अहिले भएको सम्झौताले थाेरै भएपनि सघाउने आशा गरिएको छ ।