साहित्य

साहित्य कुञ्ज मासिकको नवौँ श्रृंखला सम्पन्न

बागलुङ, मंसिर १६। सार्थक प्रकाशन बागलुङद्वारा सञ्चालित साहित्य कुञ्ज मासिकको नवौँ श्रृंखला बागलुङ नगरपालिका–३ स्थित सनराइज बोर्डिङ स्कुलमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवालासहित १३ जनाले आफ्ना–आफ्ना सिर्जना वाचन गरेका थिए। संस्थाले गाउँ–गाउँमा रहेका प्रतिभा खोज्दै प्रत्येक महिना फरक ठाउँमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यअनुरूप यसपटकको श्रृंखला विद्यालयमै आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा विद्यार्थी दीक्षा क्षेत्री, खुशी खड्का, शिक्षक तेजन विश्वकर्मा, प्रकाश कार्की र लालबहादुर नेपालीले आफ्ना रचना प्रस्तुत गरे। सोही क्रममा विद्यालयका पूर्वविद्यार्थी प्रवित हमालले अंग्रेजी… पुरा पढौ

” बिपदमा साथी “

जहाँ भुइँ फुट्छ,त्यहाँ केवल माटो च्यातिँदैन,भत्किन्छ भविष्यको सपनाटुक्रिन्छ नसोचिएको वर्तमानबाँकी रहन्छकेवल चिसो र विवश आवाजजुन भग्नावशेषको भित्रबाटकर्कश धुनमा"बचाउ!" भन्दै कराइरहेको हुन्छत्यही बेला,एउटा बुटको छापचुपचाप टेको लगाउँछसमयको निधारमा,बिपदमा साथी बनेरसशस्त्र प्रहरी बल, नेपाल । न नायक झैँ हाँस्छ,न कुनै आकाशबाटओर्लेको देवदूत हो उशान्ती, सुरक्षा, प्रतिबद्धताकोमुलमन्त्र जप्दैउसले भिजेको माटोमाआशाको बीउ रोप्छबिपदको साथीसशस्त्र प्रहरी बल, नेपाल । शान्तीको खातिरउसले हातमा हतियार मात्र होइनआँखामा संवेदना पनि बोकेको छपर्खाल चुँडिएको घरभित्रघोप्टिएको जीवनउज्यालोमा ल्याउनेउसको सास, उसका पाइला,उसको रगतसबै, उद्धारका कविता हुन् । जहाँ पहिरोले बाटो गिज्याउँछ,त्यहाँ… पुरा पढौ

कसरी मनाउँ दशै म ?– बिन्दु पौडेल, स्याङ्जा

न्यायको गजुर झुक्दाअलिकति आगो,अलिकति मौनता,र धेरै–धेरै घाइते अनुहारहरूदेख्छु म यो बेला। नेपाल आमा ICU मा हुँदाकसैको अनुहार ढाकिएको देखिन्छदेशभक्तिको मुखुण्डोले।छातीमा चोट थपिएको छ—कहिँ धर्मको नाममा,कहिँ जातको नाममा,स्वार्थ बोकेर,कहिँ क्रान्तिको नाममा,र कहिँ मौन बस्नुको नाममा। सिंहदरबार जलिरहँदाधुवाँसँगै संविधानका धाराहरू उडेको देख्दा,खरानीको थुप्रोमा बसेर मसोचिरहेकी छु—कुन निधारमा टीका लगाउने ?जब टाउको नै छैन,म कसरी मनाउँ दशै ? बिरक्तिएकी छु म आज,दशैंको टीका जस्तै रातो रङलेलतपतिएका सडकहरू हेर्दा।त्यही रातो रङ थियोमेरा छोरा–छोरीको रगत,जो परिवर्तनको गीत गाउँदाछिनभरमै अस्ताए।यो बेलाम कसरी मनाउँ दशै ? नयाँ… पुरा पढौ

सत्ता र शक्ति

सत्ताको सिंहासन चढेपछि,मान्छेले देख्दैन आँखा खुलेर,जनताको पीडा, सपना, र आँसुबिर्सन्छ ऊ, गहिरो अन्धकारमा ढलेर। शक्तिको स्वादले मनमा उन्माद ल्याउँछ,सत्यको स्वर दबिन्छ, डरले काँप्छ,न्यायको बाटो भुलेर,अहंकारको महलमा आत्मा हराउँछ। कहिले थियो ऊ जनताको सेवक,आज बन्यो शासक, कठोर र निर्दयी,शब्दहरू मिठा, कर्महरू विषिला,सत्ताको नशाले बनायो ऊ अज्ञानी। तर समय सधैं स्थिर रहँदैन,जनताको आँखा फेरि खुल्छ,सत्ताको पर्दा च्यातिन्छ एक दिन,शक्ति झर्छ, जब सत्य बोल्न थाल्छ। राजेश चन्द्र राजभण्डारी पुरा पढौ

“रगतको रङ र शान्तिको छाया”

सहरको मुटुमासूर्य झरेको थिएन,तर रात पनि देखिएको थिएनदुवै बीचमा अल्झिएकोरगतले भिजेको एक साँझ थियो । रगतले लेखिएका नाराहरूसडकका हावामाआवाज बनेर यत्रतत्रअग्रगामी बिगुलका सुरमापोखिदै थिए ।जुन अहिले हावासँगै उड्दैछन्,आवाज ठोकिने भित्ताहरू चुँडिएरसडकमा खसिरहेछन्देशको अनुहारमा आँसु देखिएको छ । हामीले परिबर्तनको नाममापृथ्वी नै हल्लायौं,तर त्यो हल्लाइमान सजिलै देखिन्छउषाको आगमननैतिकताको पुनर्जागरणदेखिन्छ एउटा उन्मत्त डमरुको तालजहाँ शब्द छैन, तर ध्वनि छक्रोधको, घृणाकोअन्तिम क्षणसम्म बाँकी रहेको आशाको। प्रहरी, जसको हातमा कानुन थियोत्यो हात काँपिरहेको छसामुन्ने आफ्नै छोराछोरीउनको आँखामा आँसुर बन्दूकको घोचमाथरथराउँदो विवेक। आफू कुटिँदालाठि बर्सिएनआफू… पुरा पढौ

पुस्तक विमोचन कार्यक्रमको तयारी पूरा

काठमाडौँ — लेखक भीम न्यौपानेद्वारा लिखित पुस्तक ‘बादलमुनि बागलुङ’ को विमोचन कार्यक्रम यही शनिबार, २३ अगस्ट २०२५ मा आयोजना हुँदैछ। किताबकीरो प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नीर शाह रहनेछन्। वक्ताहरूमा राधा पौडेल र नयनराज पाण्डे रहनेछन्। कार्यक्रम दिउँसो ३ बजे नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीस्थित लेखनाथ कक्षमा हुनेछ। पुस्तकको आवरणमा बादलमुनि हराउँदै गरेको बागलुङको दृश्य र आकाशमा उडिरहेको विमान देखिन्छ, जसले पुस्तकको भावनात्मक र भौगोलिक पृष्ठभूमिलाई झल्काउँछ। विमोचन समारोहमा साहित्यप्रेमी, लेखक तथा पाठकहरूको उपस्थिति अपेक्षित गरिएको छ। पुरा पढौ

भानुभक्तको छायाँमा

(भानुभक्त जयन्ती विशेष – समर्पित कविता) आज फेरि आयो भानु जयन्ती,तर प्रश्न छ —भानु बाँचेका छन् हाम्रो चेतनामा,या चिप्लिएको छ नाम मात्र सतही सत्कारमा? अहिले भानु होइन,सानूको चर्चा छ बजारमा,भानुको चर्चा — सालमा एक दिन,सानूको चर्चा — सालभरि, घडीपिच्छे। भानुले लेखे रामायण, संस्कारका फूलहरू,अहिले लेखिन्छ कन्टेन्ट, विकृतिका झरनाहरू।कलमको शक्तिलाई किनारमा राखेर,टिकटकका दृश्यहरूमा ताली बजाइन्छ। कविता होइन,हास्य बनेका छन् भाषाका अनुहारहरू,ज्ञान होइन,भ्यू कमाउने खेल बनेका छन् विद्यालयहरू। भानुको भाषा —भाषा बन्ने सपना बोकेको,आज त्यसै भाषामा निन्दा र नङ्गोपन लेखिन्छ। शिक्षक होइन,इन्टरनेट… पुरा पढौ

भिजिट भिसामा सेटिङ

भिजिट भिसाको नाममा,देश छोड्छन् दिनैभरि,सयौं युवाहरु उड्छन्,सपना बोकी मुटु भरी। विमानस्थलमा ठेके हुन्छ,मानव बेच्ने मेलै लाग्छ,दलालहरूको सेटिङमा,लाखौं रुपैयाँ सिधै बग्छ। बाहिर लेख्छन् ब्यानरमा —“समृद्ध नेपाल, सुखी नेपाली”,भित्रैभित्रै चल्छ सौदा,जताततै लोभ, धाँधली। नेताको मुखमा धर्मको कुरा,सदाचारकाे पाठ पढाउँछन्,तर आफैं डुबेका छन्,भ्रष्टाचारमा रमाउँछन्। धाेती खुस्केको छ झारो,नाङ्गो सत्य देखिन्छ साफ,तर पनि छेउ लाग्दैन,लाज न शर्म, छैन कुनै माफ। यो राजनीति कुन बाटोमा?कहाँ गयो सरकारको सोच?संस्कार र संस्कृति बोकेर,देशै भयो आज निराश। पुरा पढौ

कबिता ,मात्र तिमी छैनौ

कल्पना मगर सबैजना सोध्छन् —के छ? कस्तो छ?म भन्छु — ठिक छ।तर भन्न सक्दिन किम बेठिक छु, बेहाल छु। तिमी पनि सोध न —"के छ? कस्तो छ?" भनेर।तिमीलाई पनि म यही भन्नेछु —सबै ठिक छ, सबथोक ठिक छ,मात्र तिमी छैनौ। झरीसँगै आउछौ कि भनेर,तिमीलाई पर्खिरहेका रसिला आँखा छन्।तिम्रै लागि खाली यो मन छ,तर तिम्रो आगमन छैन। छन् त —सबै छन्, यादहरू छन्,तिमी संगका ती पलहरू छन्।मनमा पिरलो छ,तिमीले गरेका छलहरू छन्। छटपटी छ,कसैले लुट्न नसकेको तनाव छ।तिम्रै लागि बलि चढाएकारहरहरूको… पुरा पढौ

ऐतिहासिक कोटिहोम महायज्ञको प्रचारका लागि बिरौटामा साइकल र्याली

पोखरा, वैशाख १०पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले वैशाख ११ गते बिहान ७ बजे साइकल र्यालीको आयोजना गर्ने भएको छ। बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बागलुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो विमानस्थल हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन हुने छ। महायज्ञका संकल्पकर्ता विजयकृष्ण मूर्ति महाराजका… पुरा पढौ