भिजिट भिसाको नाममा,देश छोड्छन् दिनैभरि,सयौं युवाहरु उड्छन्,सपना बोकी मुटु भरी। विमानस्थलमा ठेके हुन्छ,मानव बेच्ने मेलै लाग्छ,दलालहरूको सेटिङमा,लाखौं रुपैयाँ सिधै बग्छ। बाहिर लेख्छन् ब्यानरमा —“समृद्ध नेपाल, सुखी नेपाली”,भित्रैभित्रै चल्छ सौदा,जताततै लोभ, धाँधली। नेताको मुखमा धर्मको कुरा,सदाचारकाे पाठ पढाउँछन्,तर आफैं डुबेका छन्,भ्रष्टाचारमा रमाउँछन्। धाेती खुस्केको छ झारो,नाङ्गो सत्य देखिन्छ साफ,तर पनि छेउ लाग्दैन,लाज न शर्म, छैन कुनै माफ। यो राजनीति कुन बाटोमा?कहाँ गयो सरकारको सोच?संस्कार र संस्कृति बोकेर,देशै भयो आज निराश।
पुरा पढौ