ललितपुर, चैत २१ ललितपुरमा महिलाद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कार्यक्रम सम्पन्न भएको छ। स्यस्य समाज यल, केन्द्र तथा इलाका नं. २ मिसा पुचःको संयुक्त आयोजनामा शनिबार ललितपुरको भीमसेनस्थान, मंगलबजारमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। प्रदर्शनीमा स्थानीय महिलाहरूले उत्पादन गरेका हस्तकला, घरेलु सामग्री, कपडा, सजावटी वस्तु लगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीमा राखिएका थिए। स्यस्य समाज यलका अध्यक्ष बद्री लक्ष्मी श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्याउने, उनीहरूको सीपलाई प्रोत्साहन गर्ने तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।…
पुरा पढौ