राजनीति

साझेदारी र कनेक्टिभिटी नै नेपाल–भारतको साझा समृद्धिको आधार : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, २९ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीचको साझा समृद्धिको आधार संयुक्त साझेदारी र बहुआयामिक कनेक्टिभिटी रहेको बताउनुभएको छ। नेपाल–भारत रणनीतिक संवाद विषयक कार्यक्रममा आज काठमाडौंमा बोल्दै मन्त्री डा. राणाले व्यापार, पारवहन, लगानीलगायतका क्षेत्रलाई जोड्दै आर्थिक साझेदारीलाई कनेक्टिभिटीमार्फत अघि बढाउनुपर्नेमा जोड दिनुभयो। “म त्यो भविष्यको कल्पना गर्छु, जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बई पुग्छ, र एक भारतीय पर्यटक बिहान दिल्लीमा बैठक सकेर साँझ पोखरा उत्रन्छ,” उहाँले भन्नुभयो, “यस्तो निकटता दुई देशका नागरिकको समृद्धिको आधार बनोस्।”… पुरा पढौ

पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा मुस्ताङका कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया

मुस्ताङ, जेठ २८गणतन्त्र नेपालको प्रथम जननिर्वाचित पुर्व  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाका विभिन्न सरकारी कार्यालय प्रमुखहरूसँग विशेष अन्तरक्रिया गर्नुभएको छ। मुस्ताङ जिल्लाको भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले कार्यालय प्रमुखहरूसँगको छलफलमा स्थानीय प्रशासन, विकास निर्माण, सेवा प्रवाह तथा जनताको हितमा भइरहेका कार्यहरूको बारेमा जानकारी लिनुभएको थियो। अन्तरक्रिया कार्यक्रममा उहाँले मुस्ताङजस्तो भौगोलिक रूपमा विशिष्ट जिल्ला विकासका दृष्टिले अझ बढी प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीयता कार्यान्वयन, सेवा प्रवाहमा पारदर्शिता, सुशासनको अभ्यास,… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन

मुस्ताङ, २८गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन गरेका छन्। अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले केन्द्रमा सञ्चालन भइरहेका बागवानीसम्बन्धी गतिविधि, फलफूल तथा तरकारी उत्पादन, अनुसन्धानलगायतका कार्यक्रमबारे जानकारी लिएका थिए। उनले जलवायु अनुकूल खेती प्रणाली र प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादन वृद्धि गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्। अध्यक्ष प्रचण्डले हिमाली जिल्लाको कृषि सम्भावनालाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाको सक्रिय भूमिका आवश्यक… पुरा पढौ

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, २०७८ जेठ २७ —अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। खुमलटारस्थित पार्टी अध्यक्षको निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समर्पित रहेको बताउँदै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान विगतका गल्ती र कमजोरीहरू सच्याउँदै पुनः जनतासँग जोडिने अभियान सञ्चालन भइरहेको… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणाको आग्रहः जनताको खाँचोअनुसारको सेवामा संवेदनशील बन्नुहोस्

धनगढी, २४ जेठ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताको आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने आग्रह गर्नुभएको छ। शुक्रबार धनगढीमा राहदानी विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवामा कार्यरत कर्मचारीहरूसँग उक्त आग्रह गर्नुभएको हो। उहाँले भन्नुभयो, “राहदानी अब कुनै विलासिताको वस्तु नभएर नागरिकको आधारभूत अधिकार बनेको छ। त्यसैले सेवा दिने ‘फ्रन्ट डेस्क’मा बस्ने तपाईंहरू सबैभन्दा जिम्मेवार हुनुहुन्छ। जनताको खाँचोलाई गम्भीरताका साथ बुझेर… पुरा पढौ

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद स्वतः निलम्बित

हिड्न खबर डट कम काठमाडौं। पतञ्जली आयुर्वेद लिमिटेडलाई सरकारी जग्गा सस्तो मूल्यमा दिने निर्णयसम्बन्धी प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै पूर्वप्रधानमन्त्री नेपालको संघीय सांसद पद पनि स्वतः निलम्बित भएको छ। नेपालको इतिहासमा यो पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको पनि यो पहिलोपटक हो। यस घटनाले नेपालको राजनीतिक र न्यायिक इतिहासमा नयाँ मोड ल्याएको विश्लेषण गरिँदैछ।… पुरा पढौ

विश्व वातावरण दिवस–२०८२ काे अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना सन्देश

काठमाडौं, जेठ २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्व वातावरण दिवस–२०८२ को अवसरमा सम्पूर्ण नागरिक, विज्ञ, समाजसेवी, युवा, महिला तथा सरोकारवालाहरूप्रति शुभकामना व्यक्त गरेका छन्। "प्लास्टिक प्रदूषण अन्त्य गरौँ" भन्ने नाराका साथ विश्वभरि मनाइँदै गरिएको यस दिवसको अवसरमा अध्यक्ष प्रचण्डले वातावरण संरक्षण, जलवायु न्याय र दिगो भविष्यको पक्षमा निरन्तर पैरवी गर्दै आएका सबैप्रति आभार प्रकट गर्दै वातावरणीय न्यायप्रतिको हाम्रो जिम्मेवारी स्मरण गराउने उपयुक्त अवसर भएको उल्लेख गरेका छन्। उनका अनुसार, नेपालजस्तो जैविक विविधता, कृषि प्रधानता… पुरा पढौ

राजनीतिक स्थायित्व र आर्थिक विकास सरकारको प्राथमिकता : परराष्ट्रमन्त्री डा. राणा

सुदूरपश्चिम लगानी सम्मेलनमा मन्त्री राणाको भनाइ – 'निजी क्षेत्र विकासको इञ्जिन हो' धनगढी, २१ जेठ २०८२ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासलाई अघि बढाउनु वर्तमान सरकारको मुख्य प्राथमिकता भएको बताएकी छन्। सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन समारोहमा बुधबार बोल्दै उनले लगानीको लागि शान्तिपूर्ण वातावरण अपरिहार्य भएको उल्लेख गरिन्। उनले भनिन्, “मुलुक राजनीतिक अस्थिरताको बन्दी बनेपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमालेले सहकार्य गरेर स्थायित्वका लागि वर्तमान सरकार गठन गरिएको हो।”… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फर्किनु भयो

काठमाडौं, १८ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भई गएराति स्वदेश फर्किनु भएको छ। डा. राणा गत बुधबार चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हङकङ प्रस्थान गर्नुभएको थियो। उहाँ चीन सरकारद्वारा जेठ १६ गते आयोजना गरिएको "अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धि"को हस्ताक्षर समारोहमा सहभागी हुनुभएको हो। नेपालले उक्त महासन्धिमा हस्ताक्षर नगरे पनि पर्यवेक्षकका रूपमा कार्यक्रममा उपस्थिति जनाएको थियो। कार्यक्रममा ३२ देशले हस्ताक्षर गरेका थिए भने ५० भन्दा… पुरा पढौ

कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा रहँदै आएको छ : अध्यक्ष प्रचण्ड

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, अब सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड हिड्नखबर डट कम काठमाडौँ, जेठ १८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर सदैव परिवर्तनको पक्षमा अग्रपंक्तिमा रहँदै आएको बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कीर्तिपुरले आफूलाई गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति आभार प्रकट गरे। “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ,… पुरा पढौ