राष्ट्रिय कलाकार बाबा पाख्रिनसहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

-


     हिडन खबर    
     असार २१ गते २०८२ मा प्रकाशित


२१ असार २०८२, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय कलाकार बाबा पाख्रिनसहित सयौं नयाँ सदस्यलाई पार्टीमा स्वागत गर्नुभएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी उनीहरूले माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरुलाई अध्यक्ष दाहालले खादा ओढाएर पार्टीमा स्वागत गर्नुभयो।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले माओवादी आन्दोलनको लक्ष्य, राष्ट्रियता र सामाजिक न्यायका सवालमा पार्टी अझ सशक्त ढंगले अघि बढिरहेको बताउनुभयो। उहाँले नयाँ सदस्यहरूको आगमनले पार्टीलाई थप उर्जा मिल्ने र संगठन सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पार्टीका अन्य नेताहरुको पनि उपस्थिति थियो। प्रवेश गर्नेहरूमध्ये समाजसेवी, युवा नेता, पूर्वजनप्रतिनिधि, कलाकार, व्यवसायी र विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरू समेत रहेका छन्।