
काठमाडौं, असार १९, २०८२ –
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित लेखक दुर्गा नारायण ढकालको पुस्तक समाजवादी दर्शनको रूपरेखा सार्वजनिक गर्नुभएको छ।
एक विशेष समारोहबीच अध्यक्ष दाहालले पुस्तकको लोकार्पण गर्नुहुँदै समाजवादी चिन्तन र विचारधाराको सुदृढीकरणमा यस्ता कृतिहरूले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, विद्वान, लेखक, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
पुस्तक समाजवादी दर्शनको रूपरेखा मा समाजवादसँग सम्बन्धित वैचारिक आधार, ऐतिहासिक पृष्ठभूमि र समसामयिक सन्दर्भहरू समेटिएको छ। लेखक ढकाल विगत लामो समयदेखि राजनीतिक दर्शन र समाज रूपान्तरण सम्बन्धी विषयमा लेखन तथा अध्ययन गर्दै आउनुभएको छ।












