राजनीति

हुम्लाको तिलगाउँ हिमताल फुटेर आएको पहिरोको उच्च जोखिममा, सरकारको उपस्थिति अझै शून्य

हुम्ला, नाम्खा गाउँपालिका-६ — हुम्लाको तिलगाउँ बस्ती हाल हिमताल फुटेर आएको लेदोसहितको पहिरोको उच्च जोखिममा परेको छ। प्राकृतिक प्रकोपका कारण स्थानीयवासी त्रसित छन् भने राज्यका जिम्मेवार निकायहरूको उपस्थिति अझै नदेखिनु स्थिति झनै गम्भीर बन्दै गएको स्थानीय स्रोतले जनाएको छ। स्थानीय सूचनाअनुसार, पहिरोले गाउँको खानेपानीको संरचना, आवागमनको बाटो र झोलुङ्गे पुलमा व्यापक क्षति पुर्‍याएको छ। हालसम्म ३३ जना स्थानीय नागरिक राहत र उद्धारको पर्खाइमा छन् तर उद्धार कार्य प्रारम्भ भएको छैन। यस अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र जोखिममा… पुरा पढौ

अध्यक्ष प्रचण्ड दैलेखमा सहिद कविराज शर्माको परिवारसँग भेटघाट

दैलेख, ४ जेठ २०८२ — नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालित ‘मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान’ अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेख सदरमुकामस्थित सहिद कविराज शर्माको निवास पुगेर परिवारसँग भेटघाट गर्नुभएको छ। जनयुद्धका क्रममा राज्य पक्षबाट सहादत प्राप्त गरेका कविराज शर्माको सम्झनामा उहाँकी जीवनसंगीनी पवित्रा शर्मा र छोरी हरिमाया शर्मासँग अध्यक्ष प्रचण्डले लामो समय कुराकानी गर्नुभयो। पवित्रा शर्माले जनयुद्धका क्रममा आफ्नो श्रीमान् कविराज शर्मासहित छोरा नारायण शर्मा र छोरी सिता शर्मा (सफलता)लाई समेत गुमाउनु परेको पीडा अध्यक्षसँग बाँड्नुभयो। उहाँका… पुरा पढौ

मध्यपहाडी लोकमार्ग अभियान कर्णाली प्रवेश, राकम कर्णालीमा जनसंवाद सम्पन्न

दैलेख, जेठ ४ — माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। अभियानको सुरुआत सुदूरपश्चिमको बैतडी पाटनबाट गरिएको हो, जुन अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी सुर्खेतस्थित राकम कर्णालीमा प्रवेश गरेको हो। अभियानले कर्णाली प्रवेशसँगै राकम कर्णालीमा पहिलो कार्यक्रमको रूपमा जनसंवाद सम्पन्न गरेको छ। जनसंवादका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनसम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यक परे नयाँ आन्दोलनको तयारीसमेत गर्न अभियान थालिएको बताए। उनका अनुसार, मध्यपहाडी लोकमार्ग केवल भौतिक… पुरा पढौ

अध्यक्ष प्रचण्डलाई अछाममा स्वागत, ज्ञापनपत्र बुझाइयो

अछाम, जेठ ४, हिड्न खबर — मध्यपहाडी लोकमार्ग अभियानमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको टोली अछामको पञ्चदेवल विनायक नगरपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएको छ। नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख अम्बिका चलाउनेले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय विकास, पूर्वाधार विस्तार र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेकी थिइन्। उक्त ज्ञापनपत्रमा नगरभित्रका सडक सुधार, विद्युत् विस्तार, शिक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरण लगायतका प्राथमिकताहरू समेटिएको नगर स्रोतले जनाएको छ। अध्यक्ष प्रचण्डले ज्ञापनपत्र… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको शिष्टाचार भेट

काठमाडौं, ३ जेठ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आउनुभएका महासचिव पाण्डेले मन्त्री डा. राणासँग साइडलाइन भेट गर्नुभएको हो। भेटका क्रममा मन्त्री डा. राणाले बिमस्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता दोहोर्याउनुभएको थियो। भेटमा नेपाल–बिमस्टेकबीच जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्य र समन्वयका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्री डा. राणासँग… पुरा पढौ

शहीद स्मृति आवासीय विद्यालयको निरीक्षण तथा विद्यार्थीहरूसँग भेटघाट

डोटी, २०८२ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठन गरिएको मध्यपहाडी लोकमार्ग अभियान टोलीले डोटी जिल्लामा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत टोलीले राजपुरस्थित शहीद स्मृति आवासीय विद्यालयको निरीक्षण तथा विद्यार्थीहरूसँग भेटघाट गरेको छ। विद्यालय अनुगमनका क्रममा टोलीले शिक्षण-शिक्षणको अवस्था, भौतिक पूर्वाधार र विद्यार्थीहरूको शैक्षिक गतिविधिबारे जानकारी लिएको थियो। यसैक्रममा टोलीले शहीद परिवारसँग पनि विशेष भेटघाट गरेको छ। बिहानै शहीद परिवारसँग खाजा ग्रहण गरेपछि औपचारिक रूपमा अन्तर्क्रिया गरिएको हो। भेटघाटमा शहीदहरूको… पुरा पढौ

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

काठमाडौं ।जेठ ३परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासद्वारा अपहरणमा परेका नेपाली युवक विपीन जोशीको रिहाइ तथा स्वदेश फिर्तीसम्बन्धी विषयमा थप पहल गर्न कतार सरकारसँग पुनः आग्रह गरेकी छन्। शुक्रबार काठमाडौँमा आयोजित सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आएका कतारको विदेश मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर इस्माइल अल दफासँग भएको भेटका क्रममा मन्त्री डा. राणाले यो आग्रह गरेकी हुन्। शिष्टाचार भेटका क्रममा मन्त्री राणाले विपीन जोशीको अवस्थाबारे चासो व्यक्त गर्दै उनको सुरक्षित रिहाइ तथा नेपाल फिर्तीका लागि… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्री यादवबीच भेटवार्ता, जलवायु र जैविक विविधता संरक्षणमा सहकार्यको चर्चा

काठमाडौं, वैशाख ३ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवबीच सगरमाथा संवादको साइडलाइनमा आज भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको समग्र सम्बन्ध, आपसी हित र सहकार्यका विविध आयामहरूबारे छलफल गरिएको थियो। मन्त्री डा. राणाले सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव तथा भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन्। भेटवार्ताका क्रममा नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको प्रसंग उठाउँदै दुबै पक्षले उक्त सम्झौता दुवै देशका लागि महत्वपूर्ण भएको बताएका थिए। साथै,… पुरा पढौ

अबको दिन हाम्रो हुनेछ : अध्यक्ष प्रचण्ड

बैतडी, पाटन — नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने भएको छ। अभियानको शुभारम्भका लागि बैतडीको पाटन जाँदै गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयसँग भेटघाट गर्नुभएको छ। भेटका क्रममा स्थानीयवासीहरूले मुख्य रूपमा खानेपानी र सिँचाइको समस्या उठाएका थिए। समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता अध्यक्ष प्रचण्डले जनाउनुभएको छ। अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताउँदै भन्नुभयो, “तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ ऊर्जा जागेको छ। अबका दिन… पुरा पढौ

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौँ, ३१ वैशाख — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाली पारिस्थितिकी र मानव जातिको भविष्यका विषयमा केन्द्रित हुने बताउँदै यस फोरममा जलवायु परिवर्तनका हालका अवस्थासम्बन्धी गम्भीर छलफल गरिने जानकारी दिनुभएको छ। दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशीलता विषयक कार्यशालामा आज काठमाडौँमा बोल्दै उहाँले जलवायु परिवर्तन कुनै एक राष्ट्रको मात्र समस्या नभई विश्वव्यापी चुनौती भएकाले यससँग जुध्न साझा प्रतिबद्धता, सहकार्य र समन्वय अपरिहार्य रहेको स्पष्ट गर्नुभयो। मन्त्री डा. राणाले भन्नुभयो, “यो साझा समस्यासँग जुध्न हाम्रो मात्र… पुरा पढौ