राजनीति

सत्ता र शक्तिका लागि मरिमेट्न प्रवृति गलत : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विभिन्न दलबाट निर्वाचित व्यक्तिहरु सत्ता र शक्तिका लागि मरिमेट्न प्रवृति गलत भएको बताउनु भएको छ । बागलुङ कालिका भगवती गुठीले आयोजना गरेको चैत्राष्टमी मेलाको शनिबार बागलुङमा उद्घाटन गर्दै सत्ताभन्दा माथी जनताको हितमा काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउनु भयो । तिमिल्सिनाले आगमी स्थानीय तहको निर्वाचन निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने बातावरण सृजना गर्न राजनैतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्ने बताउनुभयो । आगमी निर्वाचनबाट सक्षम जनप्रतिनिधि छनोट गर्ने बेला आएको भन्दै जनताको… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्षमा कांग्रेसका ५ आकांक्षी

स्थानीय तहको निर्वाचन जति नजिकिदै छ त्यतित्यति निर्वाचन लड्नका लागि राजनीतिदलका नेता तथा कार्यकर्ता आकांक्षी देखिनेक्रम बढेर गएको छ । बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनकाे बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्ष बन्नकाे लागि नेपाली कांग्रेस भित्र यतिबेला ५ जना भन्दा बढी कांग्रेसका नेता तथा कार्यकर्ता यसपटक पार्टी बाट टिकट लिनकाे लागि लागि परेको देखिन्छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्ष बन्न नेपाली कांग्रेसका क्षेत्रीय सचिव जयराम भारी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि दिनेश पन्त ,नेपाली… पुरा पढौ

माआ‌ेवादी केन्द्रका इन्द्र एमालेमा समाहित

बैशाख ३० गते हुने निर्वाचन नजिकिदै गर्दा जिल्लामा एक पार्टी बाट अर्को पार्टीमा प्रवेश गर्ने लहरै चलेको छ ।नेपाल कम्युनिस्ट पार्टी एमालेले कार्यक्रम गरेर अरू पार्टी बाट आएका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा समाहित गराउदै गएको छ । नेकपा एमाले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरेर चुनावी अभियानमा केन्द्रीत भएर जबर्जस्त कार्यक्रम शुरू गरेको छ ।केही दिन अघि नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष पद छाेडेर स्वतन्त्र भएका इन्द्र केसी पारस एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरूङले एमालेमा… पुरा पढौ

शान्तिपूर्ण निर्वाचन सञ्चालन गर्न ४ जिल्लाका सुरक्षा प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । बुधबार बागलुङ सदरमुकाममा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा ४ जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरूको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने,… पुरा पढौ

बागलुङ नगरपालिका-१३ को वडा अध्यक्षमा काङ्ग्रेसका ४ आकांक्षी

स्थानीय तहको निर्वाचन आउन ४० दिन बाँकी रहँदै गर्दा बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुंपाटाकाे वडा अध्यक्ष बन्नकाे लागि स्थानीय नेताहरूको दौडधुप बढेको छ । बागलुङ नगरपालिका भित्र नेपाली काङ्ग्रेसको जनमत बढि भएको वडा मध्ये पर्ने पैयुँपाटामा काङ्ग्रेसबाट वडा अध्यक्ष बन्न ४ जना आकांक्षी देखिएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको वडामा यस पटक हालका वडा अध्यक्ष नारायण पाैडेलले नगर प्रमुखमा आकांक्षी रहेकाले आगामी बैशाख ३० निर्वाचनमा वडा अध्यक्ष बन्न नेपाली कांग्रेसका ४ जना आकांक्षी… पुरा पढौ

साँढेलाई जतिसुकै कनाएपनि दूध दिदैन : राप्रपा अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राप्रपाको विकल्प नरहेको बताएका छन् । बागलुङमा आयोजित सभामा नोपलमा अन्य दल सँग जनता आजित भएको बताएका हुन । पटक पटक जनमत पाएर पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले देश बनाउन नसकेको आरोप लगाएका छन् । अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई पटक पटक देश विकासको नेतृत्व गर्ने अवसर पाउदा काम नगरेकोले ति पार्टीको विकल्पमा राप्रपा रहेको बताए । उनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि… पुरा पढौ

बागलुङ नगरपालिकाको प्रमखमा थपिए ७ आकांक्षी

बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन हुने निश्चित हुदै गएपछि बागलुङ नगरपालिकामा नगर प्रमुख बन्ने आकांक्षी एकपछि अर्को थपिदै जान थालेका छन् । निर्वाचन नजिकिदै गर्दा बागलुङ नगरपालिकामा नगर प्रमुख बन्न थप ७ जना आकांक्षी देखिएका हुन् ।प्रतिगमन बिरूद्व गठबन्धन गरेका नेपाली कांग्रेस, माआ‌ेवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेपछि स्थानीय तहमा चुनाव लड्ने आकांक्षी बढ्दै गएको देखिन्छ । बागलुङ नगरपालिकाकाे नगर प्रमुख बन्न नेपाली कांग्रेसका… पुरा पढौ

बागलुङ नगरपालिका-५ काे वडा अध्यक्षमा दुई पार्टीका ८ आकांक्षी

स्थानीय तहको निर्वाचन नजिकिए संगै स्थानीय तहमा जनप्रतिनिधि हुनका लागि आकांक्षी खुलेर आएका छन् । बैशाख ३० गते निर्वाचन हुने लगभग सुनिश्चित बन्दै जान थालेपछि उमेदवारकाे चर्चा परिचर्चा शुरू भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष बन्नका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अहिलेसम्म ४ जना आकांक्षी बाहिर देखिएका छन् । बागलुङ नगरपालिका कार्यपालिका सदस्य कालिका सापकोटा, नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य हरि शर्मा, एमाले जिल्ला सदस्य काेपीला खरेल सापकोटा एमाले वडा कमिटी अध्यक्ष गोबिन्द… पुरा पढौ

५ दलीय गठबन्धनले बनायो स्थानीय निर्वाचनमा जान ५ सदस्य कार्यदल

बागलुङ जिल्लामा एमाले बिरूद्व ५ नेपाली कांग्रेस लगायतका राजनीति दलले स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने सहमति गरेपछि राजनीतिमा नयाँ तरङ्ग आएको छ । दुई दुई पटक संसद विघटन गरेर गरेर केपी शर्मा आ‌ेलीले प्रतिगमन गरेको भन्दै केन्द्रीय राजनीतिमा बनेको राजनीति गठबन्धन यतिबेला सक्रिय हुन थालेको छ ।बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लामा क्रियाशील ५ राजनीतिकदलकाे बैठक शुरू भएको छ । नेपाली कांग्रेस पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र ,राष्ट्रिय जनमाेर्चा ,नेपाल कम्युनिस्ट एकीकृत समाजवादी… पुरा पढौ

बागलुङमा पाँच दलीय गठबन्धन गर्ने सहमति

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लामा प्रमुख राजनीतिक दलहरू चुनावी गठबन्धन गर्ने तयारीमा लागेका छन् । नेपाली कांग्रेस पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र , राष्ट्रिय जनमाेर्चा ,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्नका लागि संयुक्त बैठक शुरू गरेको नेपाली कांग्रेस पार्टीका सभापति जीत बहादुर शेरचनले बताउनुभयो । बागलुङ जिल्लाकाे ४ वटा  नगरपालिका र ६ वटा गाउँ पालिका मा जिल्ला क्रियाशील ५ वटा… पुरा पढौ