चिरञ्जीवी शर्मा बेनी नगरपालिकाकाे नगर प्रमुखकाे लागि सिफारिस

-


     हिडन खबर    
     वैशाख ३ गते २०७९ मा प्रकाशित


बेनी नगरपालिकाकाे नगर प्रमुखमा नेपाली कांग्रेस पार्टीले चिरञ्जीवी शर्माकाे नाम सिफारिस गरेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि नगर प्रमुख पदमा आकांक्षी रहेका नेताहरू मध्य पार्टीले शर्मालाई सिफारिस गरेको हाे ।

नेपाली काँग्रेसको शुक्रबार जिल्ला पदाअधिकारी र आकांक्षी १० जना नगर प्रमुख पदका आकांक्षी उमेदवारहरुको सयुक्त बैठकबाट शर्मालाई सर्वसम्मत रूपमा यसपटक बेनी नगरपालिकाकाे नगर प्रमुख बनाउने निणर्य भएको जिल्ला सचिव भरतबहादुर रखालले बताउनुभयो ।

बिहिबार बसेको बेनी नगर कार्य समितिबाट सिफारिस भएर आएका नगर प्रमुख पदका लागि १० आकांक्षी मध्ये ९ जनाको समर्थनमा जिल्ला कार्य समितिको पदअधिकारी सहितको बैठकले शर्मालाई उमेदवार बनाउने निणर्य गरेको हो ।

नगरपालिकाकाे नगर प्रमुखको उमेदवारकाे लागि सिफारिस हुनुभएका शर्मा नेपाली काँग्रेसको १४ आ‌ै महाधिवेशन प्रतिनिधि, पूर्व पार्टी सचिव समेत हुनुहुन्छ । उहाँलाई काँग्रेसबाट बेनी नगरको मेयरको लागि बलियो उमेदवारको रुपमा हेरिएको छ ।
५ दलीय गठबन्धन गरेर चुनावमा जाने भएको कारणले पनि यसपटक निर्वाचन गत स्थानीय तहको निर्वाचन भन्दा फरक हुने अनुमान गरिएको छ ।

नगर समितिबाट सिफारिस भएर आएका नगर प्रमुखको टुङ्गो लागेपनि उप प्रमुख भने टुङ्गो लगाउन बाँकी छ ।