
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आइतबारबाट बिहिवार सम्मका लागि तोकिएको साधारणसभा यहि बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनको कारण स्थगित भएको छ ।
६ बर्ष अघि निर्वाचित भएर आएको खानेपानी उपभोक्ता संस्थाले बागलुङ नगरपालिका वडा नम्बर १ मा बैशाख ४ गते
वडा नम्बर २ मा ५ गते वडा नम्बर ३ मा ७ गते र वडा नम्बर ४ मा ८ गते कलस्टर स्तरीय साधारणसभा गर्ने तयारी गरिरहेको बेला निर्वाचन आचारसंहिता लागू भएको कारणले हाल स्थगित भएको संस्थाले जनाएको छ ।
बागलुङ नगर खानेपानी सरसफाइ उपभोक्ता संस्थाले गर्न लागेको साधारणसभा ३० गते हुने स्थानीय तहको निर्वाचनको कारण आचारसंहिता लागू भएको कारणले गर्न नमिल्ने जानकारी गराएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो ।
देशभर एकसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको कारण खानेपानी सरसफाइ उपभोक्ता संस्थाले गर्ने भनेर प्रचार गरेको
साधारणसभा नगर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेपछि तत्कालको लागि स्थगित भएको खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताउनुभयो ।
४ हजार भन्दा बढी खानेपानीको उपभोक्ता भएको संस्थाको साधारण सदस्य २५६५ जना र आजीवन सदस्य १४३५ जना रहेका छन् । संस्थामा नयाँ नेतृत्व चयन भएर आएपछि एकपटक मात्रै साधारणसभा सम्पन्न गरेको संस्थाको कार्यकाल ५ बर्षको भएपनि थप गरिएको १ बर्षको म्याद समेत २०७८ चैत मसान्त सम्ममा समाप्त भइसकेको छ ।
बागलुङ नगरपालिका भित्रका आम उपभोक्ता लाई शुद्व खानेपानी खुवाउने उदेश्यले आयोजना गरिएको कैलम पोखरी लिफ्टिङ खानेपानी योजनाको म्याद पटकपटक थप गरिए पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।












