स्थानीय तहको उमेदवार घोषणा गर्न एकले अर्कोलाई हेर्दै राजनीतिदल

-


     हिडन खबर    
     वैशाख २ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन २७ दिन बाकी रहदै गर्दा समेत प्रमुख राजनीति पार्टीहरूले उमेदवार तय गर्न सकेका छैनन् ।अहिले दुईवटा गठबन्धन बनेको कारणले पहिला जसले नाम सार्वजनिक गर्छ अर्को गठबन्धन दलले त्यहीँ उमेदवारको आधारमा आफ्नो पार्टीको उमेदवार फेरबदल गर्ने तयारी समेत भित्रभित्र भइरहेको राजनीति बृतमा चर्चा चलेको छ ।

नेपाली कांग्रेस ,माओवादी केन्द्र ,राजमो ,एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बिच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति भए पछि गठबन्धन संस्कृतिको चर्को रूपमा बिरोध गर्ने नेकपा एमाले समेत राप्रपा कमल थापा र परिवार दल संग गठबन्धन गरेर अगाडि बढेको पार्टी समेत आन्तरिक तयारीमा जुटेका छन् ।

बागलुङ जिल्लाको १० वटा स्थानीय तह मध्य ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकाको प्रमुख उप प्रमुख ,देखि वडा अध्यक्ष सम्मका आकांक्षी थुप्रै देखिएका छन् । निर्वाचनमा उमेदवारी दर्ता गर्न
उमेदवारको नाम टुंग्याउनु पर्ने भएपनि गठबन्धनका दलले कतिपय टुंगो लागिसकेका उमेदवारको नाम समेत गोप्य राखेका छन् ।

हिजोको दिनमा नगर प्रमुख ,उप प्रमुख र गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष बन्न आकांक्षी बनेर नाम सार्वजनिक भएका प्रमुख पात्रहरू समेत उमेदवार बन्ने अन्तिम घडीमा आउदा आफ्नो दाबी क्रमश छोडै गइरहेको देखिन्छ ।
a
बागलुङ नगरपालिकाको नगर प्रमुख पदमा एमालेबाट ६ जनाले मात्रै आफ्नो दाबी पेश गरेका छन् ।नेपाली कांग्रेस पार्टीमा पनि हिजोको दिनमा आकांक्षी बनेका नेताहरू क्रमश बाहिदै जान थालेको देखिन्छ । निर्वाचनमा सबै खालको दाउ पेच लगाउन दुईवटा गठबन्धन यतिबेला एकले अर्कोको निर्णय पर्खेर बसिरहेको देखिन्छ ।