नेपाल दलित पार्टी बाट भक्त बहादुर नगर प्रमुख पदमा उमेदवार बन्दै

-


     राजनीतिक व्यूरो    
     वैशाख ९ गते २०७९ मा प्रकाशित


मानवता ,श्रमिक ,सर्व समानता र लाेकतन्त्र भन्ने नारा साथ गठन भएको नेपाल दलित पार्टी बाट बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बागलुङ नगरपालिकाकाे नगर प्रमुख पदमा भक्त बहादुर बिकले उमेदवारी दिने निर्णय गरेको नेपाल दलित पार्टीले जनाएको छ ।

बागलुङ नगरपालिकाकाे समुचित विकास गर्नकाे लागि यसपटक नेपाल दलित पार्टी बाट आफ्नो उमेदवारी आवश्यक भएको महसुस गरि नगर प्रमुख पदमा उमेदवार बन्दै गरेको बिकले हिडन खबर लाई बताए ।नगर लाई धार्मिक पर्यटकीय केन्द्र बनाउने योजना आफ्नो रहेको समेत बिकले बताए ।