
नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बागलुङले बागलुङ नगरपालिकामा मेयर र वडा अध्यक्षमा उमेदवार बन्ने आकांक्षीको नाम सार्वजनिक गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको मेयरका लागी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापा र पार्टी सचिव भरत पुरीको आकांक्षा रहेको एकीकृत समाजवादी बागलुङका प्रचार विभाग प्रमुख सालिकराम शर्माले बताउनुभयो ।
हिडिन खवर सँगको कुराकानीमा प्रमुख शर्माका अनुसार बागलुङ नगरपालिकामा वडा अध्यक्षहरुका आकांक्षीहरुको नाम पनि सार्वजनिक गरेको बताउनुभयो ।
बागलुङ नगरपालिका वडा नम्बर १ मा वडा अध्यक्षका लागि ३ जना आकांक्षी रहेको बताइएको छ । वहाल वाला वडा सदस्य लालबहादुर केसि, कृष्ण गौतम र भुमीराज शर्माको आकांक्षा रहेको एकीकृत समाजवादी बागलुङका पार्टी सचिव भरत पुरीले हिडन खबरलाई बताउनुभयो ।
त्यस्तै वडा नम्बर २ मा वडा अध्यक्षका लागि वर्तमान वडा अध्यक्ष जीवन आचार्य, वडा सदस्य सुरज वोसेल, प्रकाश वोसेल र रीपोर्ट जिसीको दावि रहेको सचिव पुरीको भनाइ रहेको छ ।
वडा नम्बर ३ मा पीङ्गलराज गौतम र मनीषा सापकोटा, वडा नम्बर ४ मा हरि सापकोटा र ताराकान्त आचार्य र वडा नम्बर ५ मा देवुकला सापकोटाको वडा अध्यक्षका लागि दावी रहेको जनाइएको छ ।
त्यस्तैगरी वडा नम्बर ६ को वडा अध्यक्षमा प्रदीप आचार्य र हरि कार्की, वडा नम्बर ७ मा राजाराम गौतम र वडा नम्बर ८ मा सुरेन्द्र खड्काको दावी रहेको सचिव पुरिले बताउनुभयो ।
बागलुङ नगरपालिकाको वडा नम्बर ९ को वडा अध्यक्षमा नरेन्द्र बहादुर थापा र नवीन थापा, वडा नम्बर १० मा सीता छन्त्याल थापा र तिल बहादुर थापाको दावी रहेको जनाइएको छ ।
त्यस्तै वडा नम्बर १२ तस्लीमा खातुन र ममता थापा जिसीको दावी रहेको पार्टी सचिव पुरीको भनाइ रहेको छ भने भने वडा नम्बर ११ र १३ आकांक्षी उमेदवारको टुङ्गो लागि नसकेको बुझिएको छ ।












