बागलुङ नगरपालिका वडा नम्बर १२ काे वडा अध्यक्षमा
माआ‌ेवादी केन्द्रका ७ जनाको दाबी

-


     राजनीतिक व्यूरो    
     वैशाख ९ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका वडा नम्बर १२ काे वडा अध्यक्ष पदमा माआ‌ेवादी केन्द्रका ७ जनाले आफ्नो दाबी पेश गरेका छन् ।
यसपटक हुने निर्वाचनमा माआ‌ेवादी केन्द्रका नेताहरू जीवन शर्मा ,भाेजराज आचार्य ,परमान्द शर्मा ,भीम पा‌ैडेल ,रूद्र प्रसाद शर्मा ,लिला बिक ,दुर्गा बिकले आफ्नो दाबी पार्टीमा पेश गरेका छन् ।

यसपटक ५ दलीय गठबन्धन हुने भएको कारणले पनि वडा अध्यक्ष बन्न ७ जना आकांक्षी देखिएका देखिएका छन् ,अहिलेसम्म ७ जनाको दाबी रहेको कारणले गर्दा उमेदवारमा सहमति हुन नसकेको माआ‌ेवादी केन्द्रले जनाएको छ ।वडाले नाम नगर समितिमा पठाएको छ ।

जीवन शर्माले आफ्नो दाबी पेश गरेका छन् ।बागलुङ नगरपालिका १२ का माआ‌ेवादी केन्द्रका युवा नेता शर्माले बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा यसपटक आफ्नो सशक्त दाबी रहेको हिडन खबर लाई बताउनुभयो ।बिद्यार्थी राजनीति बाट आफ्नो यात्रा शुरू गर्नु भएका शर्मा यसअघि भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा उमेदवार भएका शर्माले बामपंथी गठबन्धनका लागि उमेदवारी फिर्ता लिएर एमालेका उमेदवार गुरूदत्त पाठकलाई समर्थन गरेका थिए ।यसपटक ५ दलीय गठबन्धन भएको कारणले आफुले स्थानीय तहका जनताको पक्षमा काम गरेको नाताले पनि निर्वाचनमा सफल हुने धेरै आधार भएको वडा अध्यक्षका आकांक्षी शर्माले दाबी गरेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्बर १२ काे वडा अध्यक्षमा एमालेका गुरूदत्त पाठक निर्वाचित भएका थिए ।