बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा माआ‌ेवादीका दुई आकांक्षी

-


     हिडन खबर    
     वैशाख ८ गते २०७९ मा प्रकाशित


स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राजनीति पार्टी भित्र बागलुङ नगरपालिकाकाे नेतृत्व हात पार्नका लागि पार्टी भित्र
दाबी पेश गर्ने क्रम बढेर गएको छ ।बैशाख ३० गतेहुने निर्वाचनमा बागलुङ नगरपालिकाकाे नगर प्रमुखको लागि माआ‌ेवादी केन्द्रका नेता यज्ञबल्लभ शर्मा बिद्रोह र गगन पुन दुई जना आकांक्षी देखिएका छन् ।

यस्तै बागलुङ नगरपालिकाकाे नगर उप प्रमुखको लागि माआ‌ेवादीका मुकेशचन्द्र राजभण्डारी ,टिका बिक, टेक ब केसि,मनोज थापा,कुसुम बुढा,राजु खड्काले आआफ्नो दाबी पार्टीमा पेश गरेका छन् ।

स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने सहमति भइ जिल्लामा कार्यदल समेत गठन भइसकेको हुदा कुन पालिकामा कुन पार्टीले भागबन्डामा पाउने भन्ने टुंगो लागिसकेको छैन । गठबन्धन राजनीतिकदल बिच पदको भागबन्डा के कसरी टुंगो लगाउने भन्ने बारे कार्यदलमा व्यापक रूपमा छलफल भइरहेको छ ।