काठमाडौं, जेठ २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्व वातावरण दिवस–२०८२ को अवसरमा सम्पूर्ण नागरिक, विज्ञ, समाजसेवी, युवा, महिला तथा सरोकारवालाहरूप्रति शुभकामना व्यक्त गरेका छन्। "प्लास्टिक प्रदूषण अन्त्य गरौँ" भन्ने नाराका साथ विश्वभरि मनाइँदै गरिएको यस दिवसको अवसरमा अध्यक्ष प्रचण्डले वातावरण संरक्षण, जलवायु न्याय र दिगो भविष्यको पक्षमा निरन्तर पैरवी गर्दै आएका सबैप्रति आभार प्रकट गर्दै वातावरणीय न्यायप्रतिको हाम्रो जिम्मेवारी स्मरण गराउने उपयुक्त अवसर भएको उल्लेख गरेका छन्। उनका अनुसार, नेपालजस्तो जैविक विविधता, कृषि प्रधानता…
पुरा पढौ