राजनीति

परराष्ट्रमन्त्री डा. आरजु राणाको आग्रहः जनताको खाँचोअनुसारको सेवामा संवेदनशील बन्नुहोस्

धनगढी, २४ जेठ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताको आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने आग्रह गर्नुभएको छ। शुक्रबार धनगढीमा राहदानी विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवामा कार्यरत कर्मचारीहरूसँग उक्त आग्रह गर्नुभएको हो। उहाँले भन्नुभयो, “राहदानी अब कुनै विलासिताको वस्तु नभएर नागरिकको आधारभूत अधिकार बनेको छ। त्यसैले सेवा दिने ‘फ्रन्ट डेस्क’मा बस्ने तपाईंहरू सबैभन्दा जिम्मेवार हुनुहुन्छ। जनताको खाँचोलाई गम्भीरताका साथ बुझेर… पुरा पढौ

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद स्वतः निलम्बित

हिड्न खबर डट कम काठमाडौं। पतञ्जली आयुर्वेद लिमिटेडलाई सरकारी जग्गा सस्तो मूल्यमा दिने निर्णयसम्बन्धी प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै पूर्वप्रधानमन्त्री नेपालको संघीय सांसद पद पनि स्वतः निलम्बित भएको छ। नेपालको इतिहासमा यो पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको पनि यो पहिलोपटक हो। यस घटनाले नेपालको राजनीतिक र न्यायिक इतिहासमा नयाँ मोड ल्याएको विश्लेषण गरिँदैछ।… पुरा पढौ

विश्व वातावरण दिवस–२०८२ काे अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना सन्देश

काठमाडौं, जेठ २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्व वातावरण दिवस–२०८२ को अवसरमा सम्पूर्ण नागरिक, विज्ञ, समाजसेवी, युवा, महिला तथा सरोकारवालाहरूप्रति शुभकामना व्यक्त गरेका छन्। "प्लास्टिक प्रदूषण अन्त्य गरौँ" भन्ने नाराका साथ विश्वभरि मनाइँदै गरिएको यस दिवसको अवसरमा अध्यक्ष प्रचण्डले वातावरण संरक्षण, जलवायु न्याय र दिगो भविष्यको पक्षमा निरन्तर पैरवी गर्दै आएका सबैप्रति आभार प्रकट गर्दै वातावरणीय न्यायप्रतिको हाम्रो जिम्मेवारी स्मरण गराउने उपयुक्त अवसर भएको उल्लेख गरेका छन्। उनका अनुसार, नेपालजस्तो जैविक विविधता, कृषि प्रधानता… पुरा पढौ

राजनीतिक स्थायित्व र आर्थिक विकास सरकारको प्राथमिकता : परराष्ट्रमन्त्री डा. राणा

सुदूरपश्चिम लगानी सम्मेलनमा मन्त्री राणाको भनाइ – 'निजी क्षेत्र विकासको इञ्जिन हो' धनगढी, २१ जेठ २०८२ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासलाई अघि बढाउनु वर्तमान सरकारको मुख्य प्राथमिकता भएको बताएकी छन्। सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन समारोहमा बुधबार बोल्दै उनले लगानीको लागि शान्तिपूर्ण वातावरण अपरिहार्य भएको उल्लेख गरिन्। उनले भनिन्, “मुलुक राजनीतिक अस्थिरताको बन्दी बनेपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमालेले सहकार्य गरेर स्थायित्वका लागि वर्तमान सरकार गठन गरिएको हो।”… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फर्किनु भयो

काठमाडौं, १८ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भई गएराति स्वदेश फर्किनु भएको छ। डा. राणा गत बुधबार चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हङकङ प्रस्थान गर्नुभएको थियो। उहाँ चीन सरकारद्वारा जेठ १६ गते आयोजना गरिएको "अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धि"को हस्ताक्षर समारोहमा सहभागी हुनुभएको हो। नेपालले उक्त महासन्धिमा हस्ताक्षर नगरे पनि पर्यवेक्षकका रूपमा कार्यक्रममा उपस्थिति जनाएको थियो। कार्यक्रममा ३२ देशले हस्ताक्षर गरेका थिए भने ५० भन्दा… पुरा पढौ

कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा रहँदै आएको छ : अध्यक्ष प्रचण्ड

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, अब सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड हिड्नखबर डट कम काठमाडौँ, जेठ १८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर सदैव परिवर्तनको पक्षमा अग्रपंक्तिमा रहँदै आएको बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कीर्तिपुरले आफूलाई गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति आभार प्रकट गरे। “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ,… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा नुवाकोटको ऐतिहासिक साततले दरबारको अवलोकन

हिड्न खबर डटकम१७ जेठ २०८२, नुवाकोट — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटस्थित ऐतिहासिक साततले दरबारको स्थलगत अवलोकन गर्नुभएको छ। २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको यो ऐतिहासिक दरबार पुनर्निर्माणमा लामो समयसम्म ढिलाइ भइरहेका बेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा उहाँकै विशेष पहलमा पुनर्निर्माणको काम अघि बढाइएको थियो। प्रचण्डको यो अवलोकन भ्रमणलाई दरबार पुनर्निर्माण र समग्र सांस्कृतिक सम्पदा संरक्षणप्रतिको गम्भीर चासोका रूपमा लिइएको छ। स्थानीयवासी तथा सरोकारवाला निकायहरूले उहाँको भ्रमणलाई… पुरा पढौ

हङकङमा नेपाल–चीन परराष्ट्रमन्त्रीबीच भेटवार्ता

हिड्न खबर डट कम १६ जेठ, हङकङ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ता चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भएको मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा पर्यवेक्षक राष्ट्रका रूपमा नेपालको सहभागिता अन्तर्गत भएको हो। सौहार्दपूर्ण भेटमा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका विषयमा गहन छलफल भएको थियो। मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै विगतमा प्राप्त आर्थिक, सामाजिक… पुरा पढौ

गणतन्त्रको विकल्प छैन : सभापति खड्का

हिड्न खबर डट्कम बागलुङ, जेठ १५ — गण्डकी प्रदेशसभा अन्तर्गत प्रदेश मामिला तथा कानुन समितिकी सभापति चम्पादेवी खड्काले गणतन्त्रको विकल्प नरहेको स्पष्ट गर्नुभएको छ। १८औँ गणतन्त्र दिवसको अवसरमा बिहीबार बागलुङमा आयोजित कार्यक्रममा बोल्दै सभापति खड्काले नेपालमा गणतन्त्रलाई संस्थागत गर्दै सुदृढ बनाउन समय लाग्ने बताउँदै, “गणतन्त्रको विकल्प छैन,” भन्नुभयो। पूर्व संविधानसभा सदस्य समेत रहनुभएकी खड्काले “पुरानो व्यवस्थामा फर्कन खोज्ने स्वरहरू आइरहेका छन्, तर अहिलेको प्रणालीलाई सुदृढ बनाउन सुधार आवश्यक छ,” भन्ने धारणा राख्नुभयो। कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले गणतन्त्र बलियो… पुरा पढौ

नरैनापुरमा गणतन्त्र दिवस मनाइयो : ‘जनता र समाजवाद उन्मुख गणतन्त्रका लागि संघर्ष आवश्यक’ — अध्यक्ष शाह

हिड्नखबर डट्कम बाँके, जेठ १५ — बाँकेको नरैनापुर गाउँपालिकामा गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइएको छ। सो अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा पर्ने खतरा बढ्दै गएको भन्दै सचेत रहन आह्वान गर्नुभयो। अध्यक्ष शाहले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशी मूल्यहरू ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यिनको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “लोकतन्त्रबिनाको गणतन्त्र सार्थक हुँदैन, र गणतन्त्रबिनाको लोकतन्त्रमा जनताको सार्वभौमसत्ता सुनिश्चित हुँदैन।” उहाँले देशमा लोकतान्त्रिक गणतन्त्रको अभ्यास… पुरा पढौ