काठमाडौं, बैशाख ११ –पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गर्नुभएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पूर्ण बैठकमा पुर्व प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गर्नुभयो। उहाँले अघिल्लो संसद अधिवेशनमा माओवादी केन्द्रको स्पष्ट अडानका कारण प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन बाध्य बनाइएको उल्लेख गर्दै, “यो लोकतान्त्रिक प्रक्रियामा जनताको जित हो,” भन्नुभयो। हुलाकी राजमार्ग अभियान, काठमाडौंको जनप्रदर्शन र तराई–मधेस जागरण अभियानमा…
पुरा पढौ