रुकुम पूर्व। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको संघर्ष समाप्त नभएको बताउँदै अबको संघर्ष उत्पादन र समृद्धिका लागि केन्द्रित हुने बताउनुभएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका–२, खाबाङ बगरमा आयोजित ३०औँ जनयुद्ध दिवस कार्यक्रममा सम्बोधन गर्दै उहाँले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भएको उल्लेख गर्नुभयो। “जेन जी पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियाका क्रममा उठाइएका तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन्,” उहाँले भन्नुभयो, “मुद्दाहरू बाँकी छन्, सपनाहरूको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौँ।” संविधान जारी भएको…
पुरा पढौ