
पूर्वी रुकुममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरसहित विजयी भएका छन्।
प्रचण्डले कुल १० हजार २ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत मात्र पाए।
त्यस्तै, नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत हासिल गरिन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापा ८ सय ९९ मतमै सीमित भए।
यससँगै नेपाली कम्युनिस्ट पार्टीले पूर्वी रुकुममा आफ्नो खाता खोलेको छ।













