
बागलुङ फागुन २१
दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा प्रतिनिधि सभाकाे निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान कार्य शुरू भएको छ ।
बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुशील खड्का बागलुङ नगरपालिका वडा नम्बर ३ कालीका कन्या मन्दिर माध्यमिक बिद्यालयकाे मतदान केन्द्र बाट मतदान गरेका छन् ।
यस्तै एमाले उमेदवार हिरा बहादुर केसीले काठेखाेला ३ धम्जा केन्द्र बाट मतदान गरेका छन् ।
यस्तै क्षेत्र नम्बर २ नेपाली कम्युनिस्ट पार्टीका उमेदवार ज्ञामनाथ गैरेले गलकाेट ५ हरिचाैर बाट मतदान गरेका छन् ।
बागलुङ जिल्ला भरका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा भयरहित वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
१०७ वटा स्थान २३० वटा मतदान केन्द्र रहेको २ वटा अस्थायी मतदान स्थल गरि २३२ वटा मतदान केन्द्रमा निजामती संस्थाका कर्मचारी शिक्षकहरूलाइ समेत मतदानको लागि खटाइएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि कुल एक लाख ९३ हजार ३८१ जना मतदाता रहेको छन । मतदाता मध्य ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन । जिल्लामा यस पटक भने १०७ मतदानस्थल र २ सय ३० मतदान केन्द्र २ वटा अस्थायी गरि २३२ वटा केन्द्र रहेका छन् ।
बागलुङ सदरमुकाममा रहेको जिल्ला समन्वय समितिकाे कार्यालय र जिल्ला कारागार बागलुङमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको त्यहाँ कर्मचारी प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना र कारागारका कैदी बन्दीले समानुपातिककाे लागि मतदान गर्न पाउने ब्यवस्था मिलाइएको छ ।




















