
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष राजकृष्ण शर्माले पदबाट राजीनामा दिएका छन्।
शर्माले आइतबार नगर कमिटी उपाध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। उनले प्रतिनिधि सभा क्षेत्र नं. १ बाट एमालेका सूर्य ध्वजावाहक उम्मेदवारलाई विजयी गराउन नसकेको तथा बागलुङ नगरपालिकाभित्र पार्टी कार्यकर्तालाई उत्साहित बनाउन र आम मतदाताको माग बुझ्न नसकेको भन्दै आत्मालोचना सहित नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिएको जनाएका छन्।
पत्रमा उनले आजकै मितिदेखि लागू हुने गरी नगर कमिटी अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराएका छन्।










