बागलुङ जिल्लामा निर्वाचनको तयारी पूरा

-


     राजेशचन्द्र राजभण्डारी     
     फागुन १८ गते २०८२ मा प्रकाशित


बागलुङ फागुन १८

दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा यहीँ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाकाे निर्वाचनको तयारी पूरा भएको छ ।

निर्वाचनको लागि चाहिने जनशक्ति मतपेटिका मतपत्र लगायतका सामाग्री लिएर सम्बन्धित मतदान स्थलमा मतदान गराउनकाे लागि टाेली सदरमुकाम बाट हिडेका छन् ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालय बाट सामाग्री लिएर मतदान स्थलमा हिडिरहेकाे जिल्लाकाे १०७ वटा स्थान २३० वटा मतदान स्थल रहेको २ वटा अस्थायी मतदान स्थल गरि २३२ वटा मतदान केन्द्रमा निजामती संस्थाका कर्मचारी शिक्षकहरूलाइ समेत मतदानको लागि खटाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
जिल्लामा संवेदनशील काे हिसाबले  अतिसंवेदनशील ,संवेदनशील र सामान्य गरेर ३ प्रकारले बिभाजन गरेकाे विगतमा भएको निर्वाचन लाई आधार मानेर काम गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको सामग्री ३ वटा समानुपातिक र प्रत्येक्ष काे मतपेटिका ३ वटा २ किसिमको मतपत्रका प्याकेटहरू निर्वाचनको लागि खटिएका टाेलीले लिएर गइसकेको मुख्य निर्वाचन अधिकृत
सीता देबी शर्माले बताए ।

बागलुङ जिल्लाकाे क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, एमाले ,राष्ट्रिय स्वतन्त्र पार्टी ,राष्ट्रिय जनमाेर्चा ,राष्ट्रिय प्रजातन्त्र पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी ,लगायत ११ वटा राजनीतिकदल चुनावी मैदान छन् ।

बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस नेकपा एमाले ,नेपाली कम्युनिस्ट पार्टी ,राष्ट्रिय स्वतन्त्र पार्टी ,राष्ट्रिय प्रजातन्त्र पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी ,लगायत १२ वटा राजनीतिक पार्टी चुनावी मैदानमा छन् ।

१०७ वटा स्थान २३० वटा मतदान केन्द्र रहेको २ वटा अस्थायी मतदान स्थल गरि २३२ वटा मतदान केन्द्रमा निजामती संस्थाका कर्मचारी शिक्षकहरूलाइ समेत मतदानको लागि खटाइएको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि कुल एक लाख ९३ हजार ३८१ जना मतदाता रहेको छन । मतदाता मध्य ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन । जिल्लामा यस पटक भने १०७ मतदानस्थल र २ सय ३० मतदानस्थल रहेका छन ।

बागलुङ क्षेत्र न १ को सदरमुकामदेखि दुर्गम रहेका मतदान केन्द्रहरु सल्यान,सुखौरा र क्षेत्र न २ को गुर्जाखानी र भेडीखोरमा आज बेलुका सम्म कर्मचारी पुग्ने र सुरक्षाकर्मीहरु प्रत्येक पालिकाहरुमा अगाडी नै पुगेका छन । निर्वाचनको सुरक्षा व्यवस्थालाई कडा पारिएको सुरक्षा निकायले जनाएको छ ।

निर्वाचन शान्तिपूर्ण धाँधलीरहित रूपमा सम्पन्न गर्न गराउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिसकेको छ ।