
बागलुङ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले बागलुङ क्षेत्र नम्बर-१ मा विहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ ।
भर्खरै सर्वदलीय बैठक सक्यौं, विहान ११ बजेदेखि मतगणना सुरु हुन्छ मुख्य निर्वाचन अधिकृत सीता देवी शर्मा अधिकारीले जानकारी दिनुभयो ।
शर्मा अधिकारीका अनुसार मतगणना दुईवटा पालिकाकाे एक एक वडाको एकैठाउमा मिसाएर गणना हुने भएको छ ।














