
बागलुङ । बागलुङस्थित जिल्ला कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
जिल्ला कारागार बागलुङमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका छन्। यससँगै कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ।
कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिहरूसँग छलफलपछि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ।
बागलुङ जिल्लामा कुल २३० मतदान केन्द्र रहेका छन् भने एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन्।












