राजनीति

बडिगाड गाउँ पालिकाकाे अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४जनाको उमेदवारी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि बैशाख १२ गते निर्वाचन अधिकृतकाे कार्यालयमा उमेदवारी दर्ता गर्न भ्याइनभ्याई भयो । बडिगाड गाउँपालिकाको अध्यक्षको लागि ५ जनाको उमेदवारी दर्ता भएको छ । नेपाली काग्रेसबाट गण्डकी थापा अधिकारी, नेकपा एमालेबाट राजन कुमार पाइजा, राष्ट्रिय जनमोर्चाबाट अनिल गिरि, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन प्रसाद घर्ति र मंगोल नेशनल अर्गनाइजेसनबाट चुरा बहादुर घर्तिले उमेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भिमसेन बन, नेकपा एमालेका मिन कुमारी माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल कुमारी क्षेत्री र… पुरा पढौ

बागलुङका स्थानिय तहमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी

पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि बागलुङका स्थानिय तहमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परेको छ । माओवादी केन्द्र पार्टीले सहि निर्णय नगरेको भन्दै ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती र गलकोट नगरपालिका नगर समितिका अध्यक्ष तिलक उप्रेतीले स्वतन्त्र उमेदवार दर्ता गरेका छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ मा बाबुलाल शाक्यले पनि स्वतन्त्र उमेदवार दर्ता गरेका छन् । गठबन्धन वार्ता कमिटीकामा नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला इन्चार्ज वलावती शर्माले स्थानीय तहमा आफ्नो पार्टीको… पुरा पढौ

बागलुङको जैमिनी नगरपालिकामा ५२ पदको लागि १ सय ४८ जनाले उम्मेदवारी दर्ता

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङको जैमिनी नगरपालिकामा १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख उपप्रमुख सहित ५२ पदको लागि विभिन्न पार्टी र स्वतन्त्रबाट समेत गरी नगर प्रमुख, उप प्रमुख, १० वटा वडाको वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुल्ला सदस्य पदमा १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जैमिनीमा सत्ता गठबन्धनको तर्फबाट नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन र उप प्रमखमा नेपाली कांग्रेसका नेता हरिहर शर्माले उम्मेदवारी… पुरा पढौ

गजवको राजनीति: काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एमालेबाट उपमेयरकाे उमेदवार

बागलुङ- बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमाजिल्लाको जैमिनी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट टिकट नपाएपछि महिला नेतृ उषा पौडेल नेकपा एमालेबाट उम्मेदवार दर्ता गरेका छन् । पार्टीले टिकट नदिएपछि कांग्रेस नेतृ पाैडेलले एकाएक कांग्रेस त्यागी एमालेबाट उमेदवार बन्नु भएकाे हाे । नेपाली काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ बागलुङका जिल्ला सचिव समेत रहेकी पौडेल सोमबार नेकपा एमालेबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । जैमिनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा लिला राना र उपप्रमुखमा पौडेलले उम्मेदवारी दर्ता गराएको… पुरा पढौ

बागलुङ नगरपालिकाको नगर प्रमुखमा ६ जनाको उम्मेदवारी

बागलुङ नगरपालिकाको नगर प्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । नगरप्रमुखमा दुई महिला र ४ जना पुरुषको उम्मेदवारी परेको हो । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि सत्तारुढ गठबन्धनबाट बसन्तकुमार श्रेष्ठ ,एमाले राप्रपा गठबन्धनबाट निर्वतमान नगर प्रमुख जनकराज पौडेल ,नेपाली काँग्रेस विपिबाट धना आचार्य,विवेकशिल साझा पार्टीको तर्फबाट सुरज खड्का नेपाल दलित पार्टीका भक्त बहादुर बिक र नेकपा मालेको तर्फबाट मञ्जु क्षेत्रीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । ६ जनाले उम्मेदवारी दिए पनि मुख्यत सत्ता गठबन्धन भर्सेस एमाले राप्रपा… पुरा पढौ

बागलुङमा सत्ता गठबन्धन भर्सेस एमाले राप्रपा गठवन्धनको मनोनयन दर्ता

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बागलुङ जिल्लाको १० वटा स्थानीय तहमा राजनीति दलले प्रमुख ,उप प्रमुख ,अध्यक्ष, उपाध्यक्ष ,वडा अध्यक्ष तथा सदस्यहरूले मनोनयन पत्र दर्ता गरेका छन् । सत्ता गठबन्धनको र एमाले राप्रपाले गठवन्धन गरि मनोनयन दर्ता गरेका छन् । बागलुङ नगरपालिकाको नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ, उप प्रमुखमा माओवादी केन्द्रका राजु खड्काले मनोनयन दर्ता गराएका छन् । यस्तै एमाले राप्रपा गठबन्धन बाट नगर प्रमुखमा एमालेबाट जनकराज पौडेल ,उप प्रमुखमा राप्रपाका संजय खड्काले उमेदवारी… पुरा पढौ

मनाेनयन दर्ता गर्दै स्थानीय तहका उमेदवारहरू

बागलुङको स्थानीय तहको लागि बागलुङ जिल्लामा क्रियाशील राजनीतिदलहरू आआफ्नो तर्फबाट मनाेनयन पत्र निर्वाचन अधिकृतकाे कार्यालयमा गएर दर्ता गर्न थालिएको छ । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तहमा नेपाली कांग्रेस सहितको गठबन्धन दल र एमाले सहितको गठबन्धन दलले प्रमुख उप प्रमुख वडा अध्यक्ष र सदस्य पदमा उमेदवारी दर्ता गराउन शुरू गरेको मुख्य निर्वाचन अधिकृत बासुदेवले बताउनुभयो ।उमेदवारी दर्ताको दाेस्राे दिन बिहान १० बजेदेखि ५ बजेसम्म समय भएको कारणले पनि निर्वाचन अधिकृतकाे कार्यालयमा खासै भिडभाड भने देखीदैन । पुरा पढौ

नेपाली काँग्रेसको तर्फबाट बागलुङका ६ पालिकामा यि हुन् उम्मेदवार

आगामी स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बागलुङमा उम्मेदवार टुंगाएको छ । सत्ता गठबन्धन दल भित्रको भागवण्डामा काँग्रेसले प्राप्त गरेका पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी टुंगाएको छ । काँग्रेसकोले बागलुङ नगरपालिकाको नगरप्रमुखमा बसन्त कुमार श्रेष्ठ, गलकोट नगरपालिकाको नगरप्रमुखमा भरत शर्मा गैरेलाई नै पुन उम्मेदवार बनाउने भएको छ । त्यसैगरी काठेखोला गाउँपालिकाको अध्यक्षमा राजु थापा, बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी, निसीखोला गाउँपालिकाको अध्यक्षमा सुर्यबहादु घर्ति र तमानखोला गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसको तर्फबाट जैमिनी… पुरा पढौ

नेकपा एमालेले बागलुङका १० पालिकामै उम्मेदवार छनोट

नेकपा एमालेले बागलुङका १० पालिकामै उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच पालिकामा यस अघिनै उम्मेदवार टुङ्गाएको एमालेले थप पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपा एमाले गण्डकी प्रदेशको निर्णय अनुसार बागलुङ नगरपालिकाको नगरप्रमुखमा जनकराज पौडेललाई दोहो¥याउने निर्णय गरेको छ । बागलुङ नगरको उप प्रमुखमा पवित्रा रोकाले उम्मेदवार बनाउने एमालेले जनाएको छ । यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिल बहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मिना रायमाझी, बरेङ उँपालिकाको अध्यक्षमा प्रदिप थापा र… पुरा पढौ

ठूलो रस्साकस्सि बिच ५ दलीय गठबन्धनकाे सहमति

नेपाली कांग्रेस ६,माआ‌ेवादी केन्द्र ,२ राजमाे २ पालिका प्रमुख बागलुङ ,बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनको लागि उमेदवारले मनाेनयन दर्ता गर्न एक दिन बाकी रहदा बल्ल ठूलो रस्साकस्सि बिच १० वटा स्थानीय तहमा टुंगो लगाएको छ । गठबन्धनमा रहेको कार्यदलले आइतबार राति ३ बजे बागलुङ जिल्लाकाे ४ वटा नगर पालिका र ६ वटा गाउँ पालिका ५ दलीय गठबन्धन बिच सहमति गरेको कार्यदलका सदस्य राजीव घिमिरेले बताउनुभयो । नेपाली कांग्रेसले बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,निसी खाेला गाउँ पालिका ,काँठेखाेला गाउँ पालिका… पुरा पढौ