बागलुङ नगरपालिका २ मा राेचक भिडन्त हुने

-


     राजनीतिक व्यूरो    
     वैशाख १८ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति जति नजिक आइरहेको छ निर्वाचनको राैनक त्यति त्यति बढिरहेको देखिन्छ ।
बागलुङ नगरपालिकाकाे बजार क्षेत्रकाे वडा नम्बर २ मा यसपटक राेचक भिडन्त हुने देखिएकाे छ ।गठबन्धन दल नेपाली कांग्रेसकाे तर्फबाट बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठकाे वडा भएको कारणले पनि यसपटक चुनाव राेचक हुने देखिन्छ ।

५ दलीय गठबन्धन बाट एकीकृत समाजवादीबाट सुरज बाेसेल ,एमालेबाट रामबहादुर जिसी ,र स्वतन्त्र बाट एमाले समर्थक रामराज गुरूङ ,र नेपाली कांग्रेस समर्थक शशि कपुर श्रेष्ठ चुनावी मैदानमा खडा भएका छन् ।

बागलुङ नगरपालिकामा ५ दलीय गठबन्धन गरेर जाने राजनीति सहमति भएको भएपनि गठबन्धनकाे तर्फबाट एकीकृत समाजवादीबाट सुरज बाेसेल ,वडा अध्यक्षमा र नेपाली कांग्रेसका ब्यक्तिहरूले सदस्यमा उमेदवार दिएको भएपनि नेपाली कांग्रेसका शशि कपुर श्रेष्ठले स्वतन्त्र उमेदवारी दिएका छन् ।वडा अध्यक्षमा एमाले बाट उमेदवार बनेका रामबहादुर जिसी एमाले पाेलिट ब्युराे सदस्य मनकुमारी केसीका श्रीमान भएको कारणले पनि निर्वाचन राेचक हुने देखिन्छ । गठबन्धन दलको सहमति नभएपछि एकीकृत समाजवादीले बागलुङ नगरपालिकाकाे नगर उप प्रमुखमा जीवन आचार्यले दिएको उमेदवारी समेत फिर्ता नलिएपछि अलमलमा परेको छ ।

बागलुङ सदरमुकाम समेत पर्ने बागलुङ नगरपालिका वडा नम्बर २ नेपाली कांग्रेसकाे राम्रो जनमत भएको दाबी गरिए पनि नतिजा कस्काे पक्षमा जान्छ भनेर अहिले नै अनुमान गर्ने गार्‍हो छ ।