
बागलुङ नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङ नगरपालिमा संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिले निर्वाचनको लागि ७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो । भ्रष्ट्राचार नगर्ने सङ्कल्प गरिएको प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन रोजगार लगायतका योजना तथा नीति कार्यक्रममा समेटिएका छन् ।
बागलुङ नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका राजु खड्का अधिकारी उम्मेदवार छन् ।
गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा थुप्रै लोभलाग्दा योजना अघि सारेको छ। नगरपालिकाको मेयर र उपमेयर पदमा जितेपछि नगरबासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण गर्दै बागलुङ नगरलाई सुशासनमा अगाडि ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
प्रतिबद्धता पत्रमा दिगो विकास लक्ष्य,योजना अनुशासन तथा वित्तिय अनुशासन, अनुत्पादनशील क्षेत्रमा लगानी नियन्त्रण र प्राथमिकता क्षेत्रमा लागानी केन्द्रित,सेवाक जनप्रतिनिधि तथा जनमुखी सेवाको भावनाका साथ भ्रष्टाचारको सस्थागत स्वरुपलाई तोड्ने साझा सङ्कल्प,सदाचारपूण व्यवहार,मितव्ययिता र समावेशिताको व्यवहारिक कार्यान्वयनलाई केन्द्रमा राखी नगर क्षेत्रको आर्थिक,सामाजिक तथा पूर्वाधार क्षेत्रको रुपान्तरण गरी समुन्नत नगरको परिकल्पना गरिएको छ ।
जारी गरिएको प्रतिबद्धतापत्रमा निर्वाचनमा विजयी भएमा नगरको समग्र समृद्धिका निमित्त लागि पर्ने संकल्प गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ को लागि ५ दलीय गठबन्धनले बागलुङ सदरमुकाममा कार्यक्रम गरि बागलुङ नगरपालिकाको निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट स्थानीय तहमा निर्वाचित भएपछि नगरमा गर्ने सात अठोटहरु सार्वजनिक गरिएको छ ।
१ भ्रष्टाचारमुक्त ,नगर सुुशासन,र सदाचार
२ सभागितामूलक योजना ,सुन्दर र समन्नुत नगरको परिकल्पना
३ जनसेवक जनप्रतिनिधि ,जनमुखी प्रशासन सेवा
४ हाम्रो साथ कोखदेखी शोकसम्मको यात्रामा (शिक्षा ,स्वास्थ र सामाजिक सुरक्षा
५ दिगो पूर्वाधार आर्थिक रूपान्तरणको आधार
६ दूध,अण्डा,मासु ,र तरकारी आत्मनिर्भर बागलुङ साझेदारी र सहकारी
७ स्वावलम्वी महिला सिर्जनशील युवा ,सबल नगरवासी
संयुक्त गठबन्धनको प्रतिबद्धता सार्वजनिक तथ बागलुङ नगरपालिकामा गठबन्धनका उम्मेदवार परिचय कार्यक्रम नेपाली काग्रेसका नगर सभापति उमाकान्त शर्माको अध्यक्षता माओवादी केन्द्रका बद्रिप्रसाद शर्माकोे स्वागत र राष्ट्रिय जनमोर्चाका थानेश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले प्रतिबद्धता पत्रमा समावेश गरिएका कुरा कार्यन्वय गर्न प्रतिवद्ध रहेको बताएका थिए ।












