दलको चुनाव प्रचारप्रसार तिब्र तर मतदाता अनभिज्ञ

-


     हिडन खबर    
     वैशाख २१ गते २०७९ मा प्रकाशित


बैशाख ३० गतेहुने निर्वाचन आउन मात्रै ९ बाकी हुदै गर्दा यतिबेला राजनीति पार्टीको चुनाव प्रचारप्रसारले तिब्रता पाएकाे छ ।बागलुङ सदरमुकाममा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म राजनीति पार्टीको कानै फुट्ने गरि बजाइने माइकिङले
बागलुङ नगर देखि गाउ गाउँका मतदाता अनभिज्ञ छन् ।

गठबन्धन राजनीति दलको तर्फबाट नेपाली कांग्रेस र एमाले राप्रपा गठबन्धनकाे उमेदवार र चुनाव चिन्हकाे प्रचारप्रसार गर्दै बजारमा पिकप भ्यान ,ट्याक्सी बजारमा घुमाइएपनि मतदाताले अहिले गरेको प्रचारप्रसार जान्न बुझ्न पाएका छैनन् ।

राजनीति पार्टीले मतदातालाई आफ्नो चुनाव प्रचारप्रसारकाे लागि पुरै मेहनत गरेपनि अहिले गरिएको प्रचार शैलीमा भने चुकेका देखिन्छन् ।सवारीसाधन प्रयोग गरेर निर्वाचनको प्रचारप्रसारकाे जिगंल बजाइए पनि सवारीसाधन बजारमा फनफनी घुमाउने गर्दा अहिले बजाइएकाे सन्देश मतदाताले अहिले गरेको प्रचारप्रसार पुरै सुन्न नपाएको बागलुङ नगरवासीकाे भनाइ छ ।

अहिले प्रचारप्रसार सहि ढंगले गर्न नजान्दा राजनीति दलको मेहनत त्यसै खेर गइरहेको देखिन्छ ।सवारीसाधनमा चुनावको प्रचारप्रसार गर्दा कसरी गर्ने कसरी गर्दा प्रभावकारी हुन्छ भन्ने तरिका नजान्दा अहिले राजनीति पार्टीको मेहनत सबै खेर गइरहेको स्थानीय मतदाताको भनाइ छ ।

सवारीसाधनमा प्रचारप्रसार गर्ने राजनीति पार्टीले मुख्य चाेकमा आफ्नो सवारीसाधन एकछिन टक्क राेकेर आफुले सुनाउन खाेजेकाे सन्देश पुरै सुनाए पछि मात्रै सवारीसाधन अर्को चाेकमा बिस्तारै गुडाउद‌ै लगेर फेरि अर्को ठाउँमा त्यो सन्देश सुनाउनु प्रभावकारी हुने हुदा त्यसतर्फ ध्यान दिनुपर्नेमा अहिलेसम्म त्यो हुन नसक्दा अहिले बजाइने प्रचारकाे कुनै अर्थ नहुने आम मतदाताको भनाइ छ ।