
जतिजति निर्वाचन नजिकिँदै छ त्यति त्यति उमेदवारहरू चुनावी प्रचारप्रसारमा अगाडि बढिरहेका छन् ।बैशाख ३० गते हुने निर्वाचन आउन १० दिन मात्र बाकी रहदा बागलुङ नगरपालिका भित्र नगर प्रमुखका उमेदवारहरू निर्वाचनमा बिजय बन्नकाे लागि मतदाताको घर घरमा पुगेर आशिर्वाद थाप्दै हिडिरहेका छन् ।जाेगी, सन्यासी ,बृद्व बाबा ,आमा ,लगायतका मतदाताकाेमा पुगेर मत मागिरहेको दृश्य राेचक देखिन्छ ।

५ दलीय गठबन्धन दलबाट उमेदवार बनेका नगर प्रमुख पदका उमेदवार बसन्त कुमार श्रेष्ठ र एमाले राप्रपा गठबन्धन दलबाट उमेदवार बनेका जनकराज पाैडेल लाई यतिबेला चुनाव प्रचारप्रसारमा मतदाताको घर घरमा दैलाे दैलाेमा पुग्न भ्याइनभ्याई भएको छ ।


अहिले सामाजिक संजाल समेत चुनाव मुखी भएको देखिन्छ जताततै निर्वाचनमा प्रचारप्रसार भाेट माग्न मतदाताकाे घरमा पुगेर आफुलाइ मत मागेको राेचक दृश्य यतिबेला देख्न सकिन्छ । यसपटक एमालेबाट नगर प्रमुखमा दाेस्राे पटक उमेदवार बनेका जनकराज पाैडेल गाउँ घरमा पुगेर बृद्व आमा बुवा लगायतका मतदाता संग झुकेर आशिर्वाद लिएर हिडिरहेका छन् ।

यस्तै गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा उमेदवार बनेका नेपाली कांग्रेसका उमेदवार बसन्त कुमार श्रेष्ठ यसपटक नतिजा आफ्नो पक्षमा पार्नकाे लागि मतदाताको घर घरमा दैलाे दैलाेमा पुगेर आशिर्वाद थाप्दै हिडिरहेका छन् ।



१४ वटा वडा भएको बागलुङ नगरपालिकामा दुई दिनदेखि चुनावी अभियानले गति लिइरहेको बेला आकाशबाट पानी पर्दा भने प्रचारप्रसारमा भने केही प्रभाव पारेको देखिन्छ ।









