नेपाली कांग्रेस बीपी पार्टी कार्यालय खुल्यो

-


     हिडन खबर    
     वैशाख २१ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै जिल्लामा राजनीतिदलकाे सक्रियता ह्वात्तै बढेको छ ।
आफुलाई प्रजातान्त्रिक पार्टी बैकल्पिक शक्ति दाबी गर्ने नेपाली कांग्रेस बीपीले आफ्नो गतिविधि लाई तिब्रता दिएको छ ।

बागलुङ नगर पालिका वार्ड न ३ मा एक कार्यक्रम बिच नेपाली कांग्रेस बी पी पार्टीको जिल्ला कार्य समितिको कार्यालय पार्टीका स्थापना भएको छ ।पार्टीका केन्द्रीय सभापति सुशील मान शेरचनले एक कार्यक्रम बिच कार्यालय उदघाटन गर्नु भएको हाे ।

पार्टी जिल्ला सभापती तथा बागलुङ नगरपालिकाका नगर प्रमुखका प्रत्यासी धना आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका उपसभापती पुष्पराज पराजुली तथा सह महामन्त्री जे एन घिमिरेले सम्बोधन गर्नु भएको थियो। पार्टी सभापती सुशील मान शेरचनले नेका बी पी अब देशको वैकल्पिक पार्टी बन्ने दाबी गर्दै बी पी वादले देश बिकास गर्ने कुरा बताउनु भयो।

उक्त कार्यक्रममा नेका बी पी कास्की तरुणदल अध्यक्ष दीपक अधिकारी, बाग्लुङ जैमिनिका मेयरका प्रत्यासी काशी राम आचार्य ,म्याग्दी जिल्ला सभापती पल बहादुर खत्री लगायतका बक्ताहरूले धारणा राखेका थिए ।

बागलुङ नगरपालिकामा नेपाली कांग्रेस बीपीले नगर प्रमुख पदमा धना आचार्यले उमेदवारी दर्ता गरेर निर्वाचन प्रचारप्रसारमा अगाडि बढिरहेको छ ।