
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङको जैमिनी नगरपालिका यतिबेला चर्चाको शिखरमा छ । यसपटक ५ दलीय गठबन्धन र एमाले बिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।
यसैबीच राजनीतिलाई पेशा नबनार्इ सेवा बनाउने उद्देश्यका साथ जनताको सेवामा अगाडि बढ्दै गइरहेका युवा ब्यक्तित्व केन्द्र बहादुर सुनार अर्थात केन्द्र रसाइली यतिबेला फेरि चर्चामा आएका छन ।
जैमिनी नगरपालिका वडा नम्बर ७ बाट यसपटक वडा अध्यक्षमा केन्द्र बहादुर सुनार निर्वाचनमा होमिएका ह्ुन् । गत स्थानीय तहको निर्वाचनमा वडा सदस्य निर्वाचित भएदेखि नै जनताको मन जित्न सफल भएका सुनारले ५ बर्ष सम्म जनताको पक्षमा गरेको कामको कारण यसपटक प्रमुख दावेदारीका साथ वडा अध्यक्षमा नेपाली कांग्रेसबाट टिकट पाएर चुनावी अभियानमा होमिएका छन् ।
बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका वडा सदस्य केन्द्र रसाइलीले आफू जनप्रतिनिधि भएपछि आफ्नो खातामा जम्मा भएको रकम शिक्षा र स्वास्थ्यमा खर्च गरेका थिए । उनी भन्छन् “राजनीति पेशा होइन, निस्वार्थ सेवा हो ।” उनले खातामा जम्मा भएको सबै रकम गाउँको स्वास्थ्य र शिक्षामा खर्च गरेको स्थानीयबासीहरुले जानकारी दिनुभयो । रसाइली जनप्रतिनिधि भए देखि विभिन्न सामाजिक सेवा गर्दै आएको र त्यसलाई निरन्तरता दिदै जाने सोचका साथ अगाडि बढिरहेको रसाइलीले हिडन खबरलाई बताउनुभयो ।
गत स्थानीय तहमा नगरपालिकाबाट पाएको तलबभत्ता सबै पटकपटक स्थानीय जनताको लागि खर्च गरेका केन्द्र सुनारले
कोभिडको समयमा देखाएको सक्रियता ,गाउँका गरिव विपन्न वर्गका बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान लगायत जनताको पक्षमा गरेको कामको कारण स्थानीय जनताबीच लोकप्रिय बनेका छन् ।
बैशाख ३० गते निर्वाचन हुन ९ दिन मात्रै बाकी भएको समयमा यतिबेला उमेदवार मतदाताको घर दैलो अभियानमा ब्यस्त रहेको रसाइलीले हिडनखबरलाई जानकारी गराउनुभयो ।









