बागलुङ नगरपालिका ३ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार शाक्यको सम्पर्क कार्यलय स्थापना

-


     हिडन खबर    
     वैशाख १९ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका वडा नम्वर ३ मा स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका बाबुलाल शाक्यले सम्पर्क कार्यलय स्थापना गरेका छन् । बागलुङ नगरपालिका वडा नम्वर ३ कम्पुटोलमा सम्पर्क कार्यलय स्थापना गरेका हुन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठवन्धनबाट वडा विभाजन गर्दा न्यायोचित नभएको तथा टिकट वितरण गर्दा न्याय संगत नगरिएको भन्दै स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएको शाक्यले बताएका छन् । स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका शाक्यले पत्रकारसँग कुराकानी गर्दै ३ नम्वर वडाको बजार क्षेत्रको ढल तथा फोहोर व्यवस्थापन गर्न, भ्रष्टाचार मुक्त समाज निर्माण गर्न,कला संस्कृति को विकास गर्न, खानेपानीको उचित वयवस्थापनगर्न, दलित तथा विपन्न परिवार का छोरा छोरीहरूलाई सर्व सुलभ शिक्षा स्वास्थ को ग्यारेण्टी लगाएतका जनजिविकासँग जोडिएका जनताका आधारभूत आवश्यकता पुर्ति गर्न आफुले उम्मेदवारी दिएको बताए ।