अछाम, जेठ ४, हिड्न खबर — मध्यपहाडी लोकमार्ग अभियानमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको टोली अछामको पञ्चदेवल विनायक नगरपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएको छ। नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख अम्बिका चलाउनेले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय विकास, पूर्वाधार विस्तार र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेकी थिइन्। उक्त ज्ञापनपत्रमा नगरभित्रका सडक सुधार, विद्युत् विस्तार, शिक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरण लगायतका प्राथमिकताहरू समेटिएको नगर स्रोतले जनाएको छ। अध्यक्ष प्रचण्डले ज्ञापनपत्र…
पुरा पढौ